राजमो बाग्लुङका नेता सञ्जाल शर्मा नेकपा एमालेमा प्रवेश


बागलुङ । राष्ट्रिय जनमोर्चा बाग्लुङका नेता सञ्जाल शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । राष्ट्रिय जनमोर्चा सहायक संगठन अखिल नेपाल युवक संघको केन्द्रीय सदस्य समेत रहेका सञ्जाल आज नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

करिब २ दशक यता राष्ट्रिय जनमोर्चा निकटका विभिन्न मोर्चामा रहेर काम गरिरहेका शर्मा एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमालेको युवा तथा खेलकुद विभागको सदस्यको जिम्मा दिइएको छ ।

विभागको केन्द्रीय बैठक चलिरहँदा एमाले महासचिव पोखरेलले शर्मासहित १९ जनालाई शपथ ग्रहण गराएका थिए ।


शपथ ग्रहण कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले नेकपा एमाले कम्युनिस्ट विचारधारा राख्नेहरूको केन्द्र भएको बताए । उनले भविष्यमा युवा परिचालन गर्दै राष्ट्र निर्माणतर्फ अगाडी बढ्नका लागि एक मात्र बिकल्प एमाले रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?