बरेङ गाउँपालिकाको गाउँ कार्यपालिकाको पहिलो वैठक सम्पन्न

 

 

बाग्लुङको बरेङ गाउँपालिका गाउँ कार्यपालिकाको ५८ औं एवं नव गठित गाउँ कार्यपालिकाको पहिलो वैठक आज सम्पन्न भएको छ । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न नव गठित १३ सदस्यीय गाउँ कार्यपालिकाको पहिलो वैठकमा बिभिन्न विषयमा छलफल गरिएको छ ।

 

वैठकमा अध्यक्ष शर्माले गाउँ कार्यपालिकामा कार्यपालिका सदस्यहरु प्रस्तुत हुने आचार संहिताको जानकारी गराउदै आगामी आर्थिक वर्ष २०७९÷०८० को कार्यक्रमको योजना तर्जुमाको विषयमा विशेष छलफल भएको छ । समुहगत विधा अनुसार कार्यपालिकाका सदस्यहरुको संयोजक रहने गरी पालिका भरिका योजनाहरुको लागी समस्या र समाधानको लागी आगामी असार १ गते सम्म पालिकाका ५ वटै वडा अध्यक्षहरुले आफ्ना वडाका आवश्यक योजनाको कार्यक्रम गाउँपालिकामा प्रस्तुत गर्नु पर्ने निर्णय समेत गरिएको छ ।

वैठकले भैपरी आउने समस्याहरुको तत्काल राहतको लागी आवश्यक पर्ने कपडा, खाद्य सामाग्री, ग्याभिङ जाली, पलाष्टिक ट्रिपाल, उद्वार कार्यका सामाग्री लगायतको लागी ५ लाख रुपैंया विनियोजित समेत गरेको साथै आगामी ५ वर्षको कार्यकालसम्म गाउँपालिकाको प्रवक्तामा नव निर्वाचित वडा नं. ५ का वडा सदस्य तुफान पुनलाई चयन गरेको बरेङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत तथा गाउँ कार्यपालिकाका सचिव जित बहादुर रानाले ईपरी न्यूज बरेङलाई जानकारी दिएका छन् ।

वैठकमा अध्यक्ष शर्माले आफ्ना वडाका नागरिकहरुका लागि स्वईच्छाले सहयोग गर्न चाहनेहरुले गाउँकार्यपालिकामा जानकारी गराउन अनुरोध गरेका थिए । यसै सन्र्दभमा बरेङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष शेर बहादुर खनालले आफ्ना वडाका नागरिकहरुको आर्थिक वर्ष २०७८÷०७९ को तिरोमा लाग्ने कर आफुले व्यहोर्ने घोषणा गरेका छन् ।

वैठकमा बैसाख ३० गते सम्पन्न निर्वाचनमा निर्वाचित जनप्रतिनिधी, कोरोना माहामरीमा नागरिकहरुलाई सहयोग पुर्याउने सम्पूर्ण स्वास्थकर्मी, कर्मचारी, पार्टी प्रतिनिधी, पत्रकार तथा सहयोगी सम्पूर्ण नागरिकहरुलाई गाउँकार्यपालिकाले धन्यवाद ज्ञापन गरेको छ । वैठकले असार ५ गते गाउँ सभा गर्ने मिती समेत तय गरेको छ भने वैठक बरेङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत तथा गाउँ कार्यपालिकाका सचिव जित बहादुर रानाको सञ्चालनमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?