गुल्मीमा जबर्जस्ती करणी गर्ने एक युवक पक्राउ

गुल्मीको मदाने गाउँपालिका ४ पुर का एक युवक पक्राउ परेका छन् । उनि आफ्नै श्रीमतीले दिएको जाहेरीका आधारमा पक्राउ परेका हुन् ।

२४ बर्षिय महिलाले आफ्ना श्रीमानले वैवाहिक जवर्जस्ती करणी गरेको जाहेरी दरखास्त दिएकाले उनका श्रीमानलाई पक्राउ गरी वैवाहिक जवर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जाहेरवाली श्रीमतीले आफ्ना श्रीमानले डर, धाक, धम्की दिई पटक पटक इच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको बताईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?