बडिगाड खोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु, पाँच जना पक्राउ


बागलुङको बडिगाड खोलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बडिगाड खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा बडिगाड गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय छबिलाल बलामीको मृत्यु भएको हो ।

बुधबार विहान ३ बजे बडिगाडखोलामा बिजुलीबाट करेन्ट लगाएर माछा मार्नेक्रममा बलालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश शर्मा अधकारीले जानाकारी दिए । प्रहरीले करेन्ट लगाएर माछा मार्न संलग्न भएका अन्य पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बडिगाड गाउँपालिका वडा नम्बर वडा नम्बर ५ का ३५ वर्षीय होम बलाल, ५४ वर्षीय टेकबहादुर रास्ताकोटी, वडा नम्बर २ का ३२ वर्षीय रमेश पुन, वडा नम्बर २ कै २५ वर्षीय टीका पुन र गल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ का ५० वर्षीय मानबहादुर बुढाथोकीको पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुसहित माछा मार्न प्रयोग भएका तार र काठका सामग्रीहरु पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?