नारायणगढ–मुग्लिन सडकमा दुवैतर्फ गाडी सुचारु

 

 

भरतपुर । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत जलबिरेमा पहिरो खस्दा पृथ्वीराजमार्गको अवरुद्ध सडकमा आज बिहान ९ः१५ बजेदेखि गाडी सुचारु भएको छ ।

 

आज बिहानै पहिरो खस्दा पृथ्वीराजमार्गको दुवैतर्फको सडक अवरुद्ध भएको थियो ।

 

सडक आयोजनासँग समन्वय गरी पहिरो पन्छाउने काम भएपछी सडकमा गाडी सुचारु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?