थापाथली इञ्जिनियरिङ कलेजका विद्यार्थी मृत भेटिए

 

काठमाडौं । थापाथली इञ्जिनियरिङ कलेजका एकजना विद्यार्थी मृत अवस्थामा भेटिएका छन् ।

 

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि चौधरी ग्रुपको निर्माणाधीन भवनको खाली कम्पाउन्डको तल उनको शव भेटिएको हो ।

 

गत आइतबार रातिदेखि हराएका ललितपुर सानेपा घर भएका २२ वर्षीय अभिशेष जैसवालको शव सोमबार भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

 

उनको शव भेटिएलगत्तै उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी परिसर, टेकु, प्रहरी वृत्त कालिमाटी लगायतको टोली र अपराध अनुसन्धानमा प्रयोग हुने कुकुर सहित घटनास्थलमा पुगेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?