ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौं मर्ज हुने

 

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरको सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

 

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले बिहिबार बैंक मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

 

 

मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई (बीओके) बैंक रहने सहमति रहेको छ। यी दुई बैंक मर्जरपछि कूल पुँजी ५२ अर्ब भएको मुलुककै ठूलो बैंक बन्ने पनि उनीहरुको दावी छ ।

 

बराबर हैसियतमा बैंक मर्जर गर्ने सहमति भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?