पहिराले बगाउँदा सासु–बुहारी बेपत्ता

 

 

 

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर एकै घरका दुई जना बेपत्ता भएका छन् ।

 

वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर,तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् ।

 

यशोदाका श्रीमान् विष्णु अधिकारीले भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताएका छन् ।

पहिराले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशु चौपाया समेत पुरिएको बताइएको छ ।

 

घटनाबारे थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण उक्त जिल्लाका विभिन्न ठाउँमा ठुला पहिरो झरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?