बागलुको बरेङमा केन्द्रीय प्रसारण लाइन विस्तार

 

 

नेपाल विद्युत प्राधिकरणले बागलुङको बरेङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ ।

केन्द्रीय प्रसारण लाइनको पहुँचमा नरहेका बरेङ–१ ओखरेनी माझगाउँ, थुम, लुङदी चौडिला, सोलथापा, गडेल गाउँहरुमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको हो ।

 

सामुदायिक विद्युतीकरण मार्फत केन्द्रीय प्रसारण लाइन नपुगेका गाउँहरुमा विद्युत पुर्याइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण, बरेङ धुल्लुबास्कोट उपभोक्ता समितिका अध्यक्ष छत्रबहादुर थापाले विद्युतको स्विच थिचेर विद्युतीकरणको उद्घघाटन गर्नुभएको थियो ।

 

बरेङका कतिपय गाउँहरुमा अहिले पनि केन्द्रीय प्रसारण लाइनको पहुँच पुगेको छैन ।

आगामी पाँच वर्षमा सबै गाउँमा केन्द्रीय लाइनको पहुँच विस्तार गरिने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?