गुल्मीदरबारमा सार्वजनिक सुनुवाई , नागरिकको बाक्लो सहभागिता

भुवन भुसाल , जेठ ३ गुल्मी। गुल्मीको गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहल गौडाकोटमा पालिकाले स्थानियको बाक्लो उपस्थितिका बिच सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।

 

 

नेपाल पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जनार्दन घिमिरे र पालिकाका अधिकृत टंक पन्थीले संचालन गरेको सार्वजनिक सुनुवाई र नीति तथा कार्यक्रम तर्जुमाको लागि सुझाब संकलन कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि , कर्मचारी , राजनैतिक दलका नेता , शिक्षक , पेशागत संगठनका अध्यक्ष एवम् प्रतिनिधि , युवा , बिद्यार्थी , महिला स्वास्थ्य स्वयंसेविका लगायत स्थानियको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा पालिकाले संचालन गरेका योजनाको बिषयमा सहभागिले जिज्ञासा राखेका थिए भने जवाफदेही वक्ताको रुपमा बिषयगत शाखा प्रमुख एवं जनप्रतिनिधिले जवाफ दिनुभएको थियो ।

 

 

सार्वजनिक सुनुवाई र नीति तथा कार्यक्रम माथिको सुझाब संकलन कार्यक्रमलाई संबोधन गर्दै पालिका अध्यक्ष सरोज कुमार थापाले पालिकालाई आएका सुझाब वास्तवमै अनुकरणीय रहेको भन्दै सहर्ष ग्रहण गरेको बताउनुभयो । वहाँले सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकांसले सन्तुष्टि व्यक्त गर्नुले पुर्ववर्ती सरकारले जनमुखी काम गरेको रहेछ भन्ने प्रमाणित गरेको बताउनुभयो ।

 

 

सुनुवाईका क्रममा उठेका जिज्ञासा एवम् प्रश्नको जवाफ दिदै पालिका उपाध्यक्ष तारा थापा ढेंगाले सार्वजनिक सुनुवाई , निति तथा कार्यक्रममाथिको सुझाब संकलन जस्ता कार्यक्रममा यसरी सहभागिता बढ्नु खुसिको कुरा भएको उल्लेख गर्नुभयो । वहाँले स्थानिय राजस्व परामर्श समितिको संयोजक आफू रहेकाले करको दर होइन दायरा बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अनुगमन र सुपरिवेक्षण समितिको संयोजक आफू रहेकाले प्रत्येक योजना सफल बनाउन अनुगमन र सुपरिवेक्षणलाई चुस्त दुरुस्त बनाउने बताउनुभयो ।

 

 

अगाडि कार्यक्रमलाई संबोधन गर्दै उपाध्यक्ष थापाले भन्नुभयो ू न्यायीक समितिको संयोजक पनि म नै भएकाले स्थानिय स्तरबाटै वास्तविक न्याय दिन हर तबरले लाग्ने छु , कोहि नागरिकले अन्यायमा परेको अनुभूति गर्नु नपरोस भन्नका निम्ति म प्रतिबद्ध छु ू।

कार्यक्रमलाई संबोधन गर्दै पालिकाका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मण पाण्डेले सार्वजनिक जवाफदेहीतामा गुल्मीदरबार गाउँपालिका अग्रस्थानमा रहेको दाबी गर्नुभयो ।

उहाँले पालिकामा नागरिक सेवाग्राहीको संतुष्टि सर्वेक्षण गरिएको त्यस्को अध्ययन गरि कमिकमजोरी सुधारका निम्ती कार्यपालिका बैठकमा छलफल गरि कार्यान्वयन गरिएको जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?