गुल्मीमै पहिलो पटक कुपोषणको लागि बहिरङ्ग उपचार केन्द्र ( OTC) स्थापना

 

रामकृष्ण कडेल , गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिकाको गौडाकोट स्वास्थ्य चौकिमा एकीकृत बालरोग ब्यबस्थापन सम्बन्धी शिघ्र कुपोषण को लागि बहिरङ्ग उपचार सेवा शुभारम्भ भएको छ ।

 

शुक्रबार एक समारोहका बिच गुल्मिदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले २ जना कुपोषित बच्चालाइ RuTF प्रदान गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा बोल्दै अध्यक्ष थापाले स्वास्थ्य र पोषणको लागि गाउँपालिकाले उच्च प्राथमिकताका साथ कार्यक्रम ल्याउने तथा मोटरबाटो, खानेपानी लगायतका पुर्बाधार मात्र नभई स्वास्थ्य,शिक्षा,कृषि,पशु लगायतका सेवाको बिस्तार गर्नु नै वास्तविक बिकास भएको औल्याए ।

 

कार्यक्रममा बोल्दै उनले स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपती आचार्यले स्वास्थ्य तथा पोषणको क्षेत्रमा गुल्मीदरबार गाउँपालिकाले नबिनतम कार्यक्रमहरु सन्चालन गरि देशमै उदाहरणिय बनेको जनाए ।

 

कार्यक्रममा बोल्दै सुआहारा गुल्मीका पोषण अधिकृत लिल बहादुर नेपालिले गुल्मिदरबार गाउँपालिकाका स्वास्थ्य तथा पोषण् सम्बन्धी कार्यक्रमहरु सबैको लागि नमुना बनेको बताए ।

 

अति शिघ्र कुपोषणको उपचारको लागि गुल्मी जिल्लामै पहिलो पटक यो सेवाको शुरुवात गरिएको बताउदै उनले सेवा शुरु हुनुपुर्व गुल्मी जिल्लाका कुपोषित बच्चाहरुको उपचारको लागि सेवा लिन पाल्पा र बुटबल जानुपर्ने बाध्यता हटेर गएको बताए ।

 

 

उदघाटन कार्यक्रममा ,जनप्रतिनिधी,स्वास्थ्यकर्मी, स्वास्थ्य चौकी सन्चालन तथा ब्यबस्थापन समितिका पदाधिकारिहरु , महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिका, सेवाग्राही लगायतको उपस्थिती रहेको थियो ।

 

गुल्मीदरबार गाउँपालिकाका वडा न ३ का अध्यक्ष राम बहादुर थापाको अध्यक्षता,गाउँपालिकाअध्यक्ष सरोज कुमार थापाको प्रमुख आतिथ्यता,उपाध्यक्ष तारा थापा र स्वास्थ्य कार्यालय गुल्मिका प्रमुख पशुपती आचार्य विशिष्ट अतिथी रहेको उक्त कार्यक्रममा गौडाकोट स्वास्थ्य चौकिका प्रमुख भेषराज पाण्डेको स्वागत मन्तब्य र कार्यक्रमको सहजिकरण गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?