बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा कँडेल सर्बसम्मत

 

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत भएका छन् । बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन निर्वाचन अधिकृत भुमिश्वर गौतमका अनुसार संघको अध्यक्षमा कँडेल सर्वसम्मत चयन भएको बताए ।

संघको नयाँ नेतृत्वका लागि आजै मतदान हुँदै थियो । मतदानअघिनै प्रतिस्प्रधी निर्माण कुमार श्रेष्ठलाई हटाएर कंडेललाई सर्बसम्मत अध्यक्ष चयन गरिएको छ ।

दुबै उम्मेदवार नेपाली कांग्रेस सर्मथक व्यवसायी हुन् । पार्टीले सर्बसम्मत कंडेललाई बनाउन समन्वय गरेपछि निर्माण कुमार श्रेष्ठ पछाडि हटेका हुन्।

श्रेष्ठलाई कांग्रेस बाहेकका अन्य दलका व्यवसायीले सर्मथन गरे पनि कांग्रेसले कंडेललाई बनाउन व्यवसायिमा लविङ गरेपछि सर्बसम्मत नेतृत्व चयन भएको हो ।

बागलुङ उद्योग वाणिज्य संघको संस्थागत विकास गरी आम उद्योगी बताए । उनले सबैलाई समेटेर उद्योगी व्यवसायिको हितमा लाग्ने बताउनुभयो ।

कँडेल पूर्वउपाध्यक्ष र निर्वतमान महासचिव समेत थिए । संघको उद्योग सदस्य तर्फ निलेश राजभण्डारी र ऋषि राम गौतम पनि सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

संघकोे खुलातर्फको १४ सदस्य भने यस अघिनै निर्विरोध निर्वाचित भइसकेको थियो । खुला सदस्यमा उम्मेदवारी दिएका राजेश भारीले उम्मेदवारी फिर्ता लिएपछि खुला सदस्य निर्विरोध निर्वाचित भएका थिए ।

खुल्ला सदस्यतर्फ निर्विरोध हुनेमा अर्जुन चोखाल, विष्णु पन्त, श्रीजय श्रेष्ठ, नवीनकुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्रप्रसाद शर्मा, विष्णुप्रसाद अधिकारी, इन्द्रमणी पौडेल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, सञ्जय श्रेष्ठ र ईश्वरजङ्ग राजभण्डारी रहेका थिए ।

मनोनयन दर्तामा अरुको उम्मेदवारी नै नपरेपछि दुई महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । कार्यसमितिका पदाधिकारी भने सदस्यमध्येबाटै पछि चुनिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?