बागलुङमा लागुऔषध सहित २ युवा पक्राउ

 

जिल्ला प्रहरी कार्यलय बागलुङले आज लागुऔषध सहित २ जना युवालाई पक्राउ गरेको छ ।लागुऔषधको कारोबार गर्दै गरेको अवस्थामा बागलुङ बजारको एक रेस्टुरेन्टबाट उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बर्ष २२ का काठेखोला गाउँपालिका–४ तंग्रामका राजु थापा र चितवन खैरहनी नगरपालिका–६ घर भै हाल बागलुङ बस्दै आएका २३ वर्षीय समिर अन्सारीलाई रगेंहात पक्राउ गरी सार्वजनिक गरेको हो।

बजारको एक रेष्टुरेन्टमा लागुऔषधको कारोबार गर्दै गरेको भन्ने विशेष सुराकीको आधारमा उनीहरुलाई ३ सय ९० ग्राम लागुऔषध(गाँजाको धुलो) सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी इन्द्रबहादुर रानाले बताए ।

 

पक्राउ परेका दुवैजनाको साथबाट मोबाइल, चुरोट तथा १० हजार रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ । निज राजु र समिर उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख दयानीधी ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?