बरेङ गाउँपालिकाको नवौं गाउँ सभा सम्पन्न

 

बागलुङको बरेङ गाउँपालिकाको नवौं गाउँ सभा आईतबार सम्पन्न भएको छ ।

प्रमुख आतिथी बरेङ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष डिल कुमारी पुनले दिप प्रज्वलन गरि सुरु भएको गाउँ सभामा गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० को नीति, कार्यक्रम तथा बजेट विनियोजन पारित भएको छ ।


प्रमुख अतिथी पुनले आफु प्रथम पल्ट निर्वाचित भए पश्चात बरेङ गाउँपालिका स्थानिय सरकारले पहिलो गाउँ सभा देखी नवौं गाउँ सभामा धेरै बिकासका फड्को मारेको बताए । उनले बैठक बस्ने हलसम्म नभएको अवस्था, बाटोको असुविधाहरुसंग जुज्दै नवौं गाउँ सभा नव निर्वाचित जनप्रतिनिधीहरु बरेङ गाउँपालिकाको सभा हलमै सभा गर्न सफल भएकोमा सम्पूर्ण जनप्रतिनिधी, कर्मचारी, बुद्धिजिवी लगाएत पालिकाका आम नागरिकको साथ रहेको बताए ।

बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आ.व.२०७९÷०८० समृद्ध बरेङ, सुखी बरेङबासीको दीर्घकालीन लक्ष्य हासिल गर्नका लागि उपलब्ध स्रोत साधनको विवेकपूर्ण विनियोजन र कार्यान्वयन गरिएको बताएका छन् ।

शिक्षामा प्रविधी बरेङमा समृद्धि भन्ने नाराका साथ गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसिटी लगायत आवश्यक पूर्वाधारहरूको विकास गर्दै प्राविधिक शिक्षा सहित गुणात्मक शिक्षा प्रवाहको व्यवस्था गरिएको बताए ।


बजेट तथा कार्यक्रम निर्माण गर्दा तथ्य र तथ्याङ्क तथा आवश्यकताका आधारमा गरिएको छ जसका कारण विकास योजना तथा कार्यक्रमहरूमा जनसहभागिता र अपनत्व वृद्धि भएको, पूर्वाधार विकासका साथै सामाजिक विकास क्षेत्र विशेष गरी शिक्षा र स्वास्थ्यका क्षेत्रहरूमा तुलनात्मक हिसाबले बढी बजेट विनियोजन गरी सन्तुलित विकासको अवधारणा अवलम्बन गर्दै उपलब्ध प्रतिफल सबै बरेङबासी नागरिकाहरूमा पुर्यौउँदै सामाजिक न्याय सहितको समतामूलक समाज निर्माणको प्रयास गरिएको पनि अध्यक्ष शर्माले बताएका छन् ।

त्यस्तै कृषि तथा पशुक्षेत्रको आधुनिकीकरण र व्यवसायिकरणको थालनी गर्दै विभिन्न प्रकारका अनुदानको व्यवस्था गरी आर्थिक विकास र समुन्नवतीको सुरुवात गरिएको, आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि वञ्चि त हुनु नपर्ने र कम्तीमा आधा घण्टाको दूरीमा स्वास्थ्यसेवा प्राप्त हुने व्यवस्था सुनिश्चितता गर्न सामुदायिक स्वास्थ्य इकाइहरू स्थापनका साथै सबै वडाहरूमा बर्थिङ सेन्टरको व्यवस्थाका साथै वडा नं २ र ३ मा स्वास्थ्य ल्याबहरूको समेत प्रबन्ध गरी स्वस्थ्य क्षेत्रको विकासमा जोड दिइएको बताए ।

 

आ.व. २०७९÷०८० मा विकास र समृद्धिका अवसरहरुको बारे बोल्दै भौगोलिक हिसाबले सानो र कम जनसंख्या भएकाले विकास गर्न सहज रहेको, पाल्पा, बुटवल, बागलुङ, पोखरा लगायतका महत्वपूर्ण सहरहरुसँग सडक सञ्जाल कायम रहेको, तुलनात्मक हिसाबले पर्याप्त कृषियोग्य जमिन र बर्षभरी बग्ने खोला नालाका कारण सिंचाइ व्यवस्था सहज रहेको, पर्याप्त मात्रमा वनजङ्गलका कारण वनपैदावार र वनजन्य व्यवसायको सम्भावना रहेको र प्रसिद्ध साग्दी सत्यवती मन्दिर सहित विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूका कारण आन्तरिक पर्यटनको प्रवल सम्भावना रहेको पनि उनले बताए ।

सभामा अध्यक्ष शर्माले चालू आ.व. २०७८÷०७९ मा हालसम्म गाउँपालिकाले हासिल गरेका प्रमुख उपलब्धिहरू प्रस्तुत गरेका थिए ।

आर्थिक वर्षको सुरुवात र मध्य समयमा गाउँपालिकामा देखिएको कोरोना भाईरसको महामारी र आ.व. को अन्त्य तथा योजना कार्यान्वयनको अत्यन्तै महत्वपूर्ण समयमा भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ लगायतका कारण आ.व. २०७८÷०७९ को वार्षिक नीति तथा कार्यक्रमले निर्दिष्ट गरेका उद्देश्यहरू प्राप्ती र बजेट तथा योजना कार्यान्वयनमा प्रत्यक्षरुपमा असर पारेको पनि उनले बताए ।

तथापी, यस प्रतिकूल परिस्थितिका बाबजुद गाउँपालिकाले आ.व. २०७८÷०७९ मा आत्मसात गरेका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको उल्लेख गरे । चालू आ.व. २०७८÷०७९ मा हालसम्म गाउँपालिकाले सम्पादन गरेका महत्वपूर्ण कार्यहरू र उपलब्धीहरूको बारे पनि उनले जानकारी गराएका थिए ।

चालू आ.व.२०७९÷०८० मा कृषिक्षेत्रको विकासबिना बरेङको विकास र समृद्धि असम्भव रहेको हुँदा कृषि र उत्पादनको क्षेत्रलाई प्रथामिकता दिइने, साना र टुक्रे अनुदानमूखी कार्यक्रमलाई निरुत्साहित गरी एकिकृत र सामुहिक कृषि प्रणालीको थालनी गरिन, आन्तरिक पर्यटन, बरेङको सानू कार्यक्रम मार्फत आन्तरिक पर्यटन प्रवर्धन र पर्यटन पूर्वाधारको विकास गर्दै आर्थिक विकासको एक प्रमुख आधारका रुपमा पर्यटनलाई अगाडी बढाइने बताएका छन् ।

शिक्षामा प्रविधि, बरेङमा समृद्धिको मूल नारा सहित सामुदायिक विद्यालय प्रति नागरिकहरूको विश्वास वृद्धि गर्नका लागि र शैक्षिक बेरोजगारहरूको संख्या न्यून गर्न सैद्धान्तिक र अव्यवहारिक शिक्षा प्रणालीलाई विस्थापित गरी प्रयोगात्मक, प्राविधिक र जीवन उपयोगी शिक्षा प्रदान गर्न सोही बमोजिमको स्थानीय पाठ्यक्रम कक्षा १ देखी कक्षा ८ सम्म विकासलाई जोड दिइने कार्यक्रम ल्याईएको बताएका छन् ।

बरेङको ध्यान,स्वस्थ बरेङबासी अभियानू ू कार्यक्रम मार्फत सबै बरेङबासीहरूलाई पर्याप्त र प्रभावकारी आधारभूत स्वास्थ्य सेवा प्रवाहको लागि विशेष व्यवस्था गरिने, बिना विनाश, वातावरणमैत्री विकासूको अवधारणालाई आत्मसात गर्दै पूर्वाधार विकास अन्तर्गत सडक, विद्युत, खानेपानी, सिंचाई लगायतका क्षेत्रमा लगानी वृद्धि गर्नुका साथै विकास र वातावरण संरक्षणलाई समानान्तर रुपमा लैजान बायो ईन्जिनियरीङको अवधारणा विकास गरिने पनि सभामा अध्यक्ष शर्माले बताएका छन् ।

बालमैत्री, अपाङ्गमैत्री, जेष्ठ नागरिकमैत्री स्थानीय तहका रुपमा गाउँपालिकालाई स्थापित गरिने, महिला, बालबालिका, दलित, आदिवासी जनजाती लगायत सबै लक्षित वर्गहरूलाई सम्बोधन गर्ने गरी विभिन्न कार्यक्रमहरूको व्यवस्था गर्नुका साथै सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि विशेष जोड दिइने बरेङको चाहना, सुरक्षित छानाको नारा सहितसंघ र प्रदेश सरकारसँग सहकार्य गरी गाउँपालिका भित्रका सबै खरको छाना भएका घरलाई जस्तापाताद्वारा विस्थापित गरिने, बरेङको नारा, एक घर एक धारा कार्यक्रम मार्फत सबै बरेङबासी नागरिकहरूलाई सफा र स्वच्छ खानेपानी को व्यवस्थालाई जोड दिईन साथै सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गरी नियमित विद्युत सेवा प्रवाहको व्यवस्था गर्ने तथा काठेपोल पूर्ण रुपमा विस्थापन गरिने पनि उनले बताएका छन् ।

गाउँ सभामा उपाध्यक्ष दिलिप कुमार पुनले आ.व.२०७९÷०८० को कुल अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

चालु आ.व.को अनुमानित बजेट अनुसार कुल जम्मा शर्सत समेत ४० करोड ३३ लाख ५६ हजार रुपैंयामा विनियोजन योग्य निर्शत तर्फ जम्मा १७ करोड ९१ लाख ५६ हजार रुपैंयाको विनियोजन बजेट बारे प्रस्तुत गरेका छन् ।


गाउँ सभा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको सभा अध्यक्षता, उपाध्यक्ष दिलिप कुमार पुनको स्वागत, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जित बहादुर राना र गाउँपालिका जन स्वास्थ निरिक्षक पदम बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?