गुल्मीदरबार गाउँपालिकाले गर्यो नारा संशोधन

 

भुवन भुसाल , असार १० गुल्मी। गुल्मीको गुल्मीदरबार गाउँपालिकाले आफ्नो साबिकको नारा संशोधन गरेको छ । “ उत्पादन गरौं , आत्मनिर्भर बनौं , समृद्ध गुल्मीदरबार हामी मिलि बनाउँ “ भन्ने नारा लाई संशोधन गरेको हो ।

 

असार ७ गते पालिकाले आफ्नो दोश्रो गाउँ सभामा प्रस्तुत गरेको नयाँ नारा “ सबल, सक्षम उत्थानशील स्थानीय सरकार ः समृद्ध र समुन्नत हाम्रो गुल्मीदरबार “ पालिकामा आज बसेको गाउँसभामा पालिका अध्यक्ष सरोजकुमार थापाले नारा संशोधन प्रस्ताबमा छलफलका लागि समय छुट्याउनुभएको थियो ।

 

सभामा सो प्रस्ताबमाथी कुनै पनि सभा सदस्यले टिप्पणी गरेनन् । निर्णयार्थ पेस गरिएको सो प्रस्ताबको पक्षमासबै सदस्यले ताली बजाएर सो प्रस्ताब सर्वसहमतिले पास भएको छ ।

प्रस्ताब पास भए सङ्गै गुल्मीदरबार गाउँपालिकाको नारा “सबल, सक्षम उत्थानशील स्थानीय सरकार ः समृद्ध र समुन्नत हाम्रो गुल्मीदरबार “ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?