गुल्मीदरबारले ल्यायो करिब ४७ करोडको बजेट , के–के छन् प्राथामिकतामा ?

भुवन भुसाल , असार १० गुल्मी

गुल्मीको गुल्मीदरबार गाउँपालिकाले करिब ४७ करोडको बजेट सार्वजनिक गरेको छ । पालिकाले आज शुक्रबार चालू तर्फ ३४ करोड १३ लाख ५४ हजार पुँजिगत तर्फ १२ करोड ६४ लाख ७० हजार गरि जम्मा ४६ करोड ७८ लाख २४ हजारको बजेट सार्वजनिक गरेको हो ।

 

 

गाउँपालिका अध्यक्ष सरोज कुमार थापाको अध्यक्षतामा बसेको गाउँपालिकाको दोश्रो गाउँसभाको प्रथम अधिबेशनमा पालिका उपाध्यक्ष तारा थापा ढेंगाले आज बजेट सार्वजनिक गर्नुभएको हो ।

 

 

सबल, सक्षम उत्थानशील स्थानिय सरकार स् समृद्ध र समुन्नत गुल्मीदरबारू भन्ने सोच एवं ूसुशासन , स्वास्थ्य, शिक्षा, कृषि, र पुर्वाधार निर्माणको क्षेत्रमा समुचित विकास गरी गाउँपालिकाको आर्थिक अवस्थामा सुधार ल्याउनेू उदेश्य राखेर बजेट निर्माण गरेको छ ।

के छ बजेटमा ?

गुल्मीदरबार गाउँपालिकाले ल्याएको आगामी आर्थिक बर्षको बजेटमा शिक्षा , स्वास्थ्य , खानेपानी ,युवा लक्षित कार्यक्रम , पर्यटन प्रवर्द्धन एवं भौतिक बिकासलाई प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७९र०८० को बजेट सार्वजनिक गर्दै पालिका उपाध्यक्ष थापाले शिक्षा क्षेत्रको समग्र बिकासको लागि १ करोड ७६ लाख ७० हजार रकम बिनियोजन गरेको जानकारी गराउनुभयो ।

बजेट मार्फत गुल्मीदरबार गाउँपालिकाले शिक्षकहरुको क्षमता बिकासका लागि तालिम संचालनका लागि ६ लाख ५० हजार थप बजेटको व्यवस्था गरेको छ ।

स्वास्थ्य तर्फ के छन कार्यक्रम ?

गुल्मीदरबार गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विभिन्न कार्यक्रमको लागि १ करोड ७ लाख ७० हजार रकम बिनियोजन गरेको छ ।

गाउँपालिकाले आफ्ना असहाय तथा आर्थिक रुपले विपन्न नागरिकहरुको स्वास्थ्य उपचारका लागि नि शुल्क स्वास्थ्य बिमा गर्न थप ३० लाख रकम बिनियोजन गरेको छ ।

बजेट मार्फत गुल्मीदरबारले निशुल्क औषधिको निम्ति १६ लाख रकम बिनियोजन गरेको छ भने पालिकाका ६८ बर्ष माथिका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षणका लागि घरघरमै स्वास्थ्य सेवा दिने व्यवस्था पनि गरेको छ ।

आज बजेट बक्तब्य सार्वजनिक गर्दै पालिका उपाध्यक्ष थापाले सस्थागत प्रसुतिका निम्ति प्रसुती हुने महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेको छ । निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन आगामी आर्थिक बर्षको बजेटमा २५ लाख बजेट बिनियोजन गरिएको छ ।

 

गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा अन्य थुप्रै जनता लक्षित कार्यक्रम समेटेको छ ।

आमा संग गाउँपालिका कार्यक्रम अन्तर्गत उपाध्यक्ष पोषण प्याकेज , मेरि आमा कार्यक्रम संचालन गर्न समेत ९ लाख बजेट बिनियोजन गरेको छ भने पुर्ण सस्थागत सुत्केरी अभियानलाई थप प्रभावकारी बनाउनको लागि निस्शुल्क ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ ।

नर्शिङ्ग कर्मचारी प्रोत्साहन कार्यक्रम , बिपन्न गरिब नागरिकको उपचारमा निशुल्क एम्बुलेन्स, स्वास्थ्य आमा समूह पुनर्जागरण , स्वास्थ्य सचेतना , स्वास्थ्य शिविर लगायतका कार्यक्रमको लागि समेत पालिकाले बजेट व्यवस्था गरेको छ ।

उद्योग तथा वाणिज्य तर्फ ?

गुल्मीदरबार गाउँपालिकाले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्दै उद्यमी बनी आत्मनिर्भर बन्नको लागि अध्यक्ष युवा उद्यम कार्यक्रम संचालन गर्ने घोषणा गर्दै सो कार्यक्रमको लागि १० लाख बिनोयोजन गरेको छ ।

गाउँपालिका भित्र संचालन हुने अचार , फाईवर झोला , सेनेटरी प्याड लगायतका उद्यमीहरुलाई अनुदान दिने घोषणा समेत गरेको छ भने पालिकामा रोजगारी सिर्जना गर्न समेत बजेटको व्यवस्था गरेको छ ।

खानेपानी तर्फ के छन योजना ?

गुल्मीदरबार गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि खानेपानीलाई प्राथमिकतामा राखेको छ ।

आज बजेट सार्वजनिक गर्दै पालिका उपाध्यक्ष तारा थापा ढेंगाले ठुलोखोला काब्रेपोखरी सुर्योदय सोलार मुस परियोजना वडा न २ मा संचालन गर्नका लागि गाउँपालिका र प्रदेश सरकारको समपुरक १ करोड बिनियोजन गरेको बताउनुभयो ।

गाउँपालिका स्तरिय एकघर एकधारा कार्यक्रम संचालन गर्न १ करोड रकम बिनियोजन गरेको छ ।

आज बजेट मार्फत गुल्मीदरबार गाउँपालिकाले पर्यटन तथा संस्कृती प्रवर्द्धन , खेलकुद , लैंगिक समानता तथा सामाजिक समाबेसिकरण , आर्थिक बिकास भौतिक पुर्वाधार लगायतका शिर्षकमा बजेट बिनियोजन गरेको छ ।

बजेट वक्तव्य पछि गाउँसभा भोलि सनिवार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको छ । भोलि बस्ने बैठकमा बजेट माथी छलफल हुने प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?