गुल्मीमा ९०  बर्षिय बृद्ध खोला किनारमा फेला

हुमाकान्त पोखरेल, गुल्मी। गुल्मीमा ९०  बर्षिय एक बृद्ध मृत अवस्थामा  फेला परेका छन् ।

सत्यवती गाउँपालिका–७ जोहाङ्ग सोता बस्ने नरहरी भण्डारी  सत्यवती गाउँपालिका –६ उल्लीखोला स्थित खोलाको छेउमा मृत अवस्थामा फेला परेका हुन् ।

 

भण्डारी बुधबार दिउसो ४ बजे घरबाट हिडेका थिए ।

साझ सम्म पनि घर  नआएपछि परिवारका सदस्य र स्थानियले खोजी गर्दा शुक्रबार बिहान ८ः३० बजेको समयमा  खोलाको छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरिक्षक श्याम प्रसाद यादवले जानाकारी दिएका छन् ।

भण्डारीको शव शुक्रबार नै पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाएको यादवको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?