बागलुङ नगरपालिकाले ल्यायो एक अर्व ३१ करोड ११ लाख बजेट

बागलुङ नगरपालिकाले एक अर्व ३१ करोड ११ लाख ७९ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।

 

 

बजेटमा चालु तर्फ ८४ करोड ५२ लाख १२ हजार पाँच सय पुंजीगत तर्फ ४५ करोड ३७ लाख २२ हजार पाँच सय र वित्तीय व्यवस्था तर्फ १ करोड २२ लाख ४४ हजार गरी जम्मा एक अरब एकतीस करोड एघार लाख उनासी हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

बजेटमा नगरपालिकाले सहकारी विकास तर्फ कुल १० लाख रुपैयाँ, पर्यटन तथा संस्कृति तर्फ कुल २ करोड ९५ लाख रुपैयाँ, उद्यमशिलता तर्फ ४१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यसैगरी शिक्षा तर्फ कुल २ करोड ६७ लाख ७२ हजार, युवा तथा खेलकुद तर्फ ३० लाख ५० हजार रुपैयाँ र स्वास्थ्य तर्फ २ करोड ११ लाख ६८ हजार रुपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाको पूर्वधार तर्फ सबैभन्दा बढि १६ करोड ३८ लाख रुपैयाँ विनियोजन गरेको छ भने आवास भवन, तथा बस्ती विकास तर्फका लागि २७ लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।

नगरपालिकाले एक घर एक धारा कार्यक्रम सहित ८० लाख रुपैयाँ खानेपानी तर्फ समन्वय र सहकार्य तर्फ २४ लाख रुपैयाँ विनियोजन गरेको उपप्रमुख खड्काले जानकारी दिए ।

कृषि क्षेत्रको व्यवसायीकरण, विविधिकरण र यान्त्रिकीकरण, उच्च बजार मुल्य भएका कृषि उपज प्रवद्र्धन, कृषक तथा कृषी समुहको प्रोत्साहन तथा पुरस्कार र रायडाँडा कृषि विशेष कार्यक्रम समेत गरी कृषि तर्फ कृषि विकास तर्फ कुल ५२ लाख २५ हजार र पशुपालन तर्फ २१ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ ।

नगरपालिकाले पत्रकारको संस्थागत सहयोग कार्यक्रम अन्तरगत ४ लाख रुपैयाँसहित सुशासन र संस्थागत विकासका निम्ति २ करोड १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा वन वातावरण तथा विपद व्यवस्थापन तर्फ कुल १ करोड १४ लाख रुपैयाँ, सामाजिक विकास तथा समावेशिकरण तर्फ ८८ लाख ५० हजार रुपैयाँ, राजश्व तथा कर तर्फ ५ लाख रुपैयाँ र न्यायिक समिति तर्फको खर्च तर्फ १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

 

नगरपालिकाले चालु तर्फ १५ करोड ६० लाख ५० हजार रुपैया विनियोजन गरेको छ भने पूँजीगत तथा वित्तीय खर्चमा २ करोड ५४ लाख ४ हजार रुपैयाँ विनियोजन भएको छ ।

नगरपालिकाको एघारौँ नगर सभाबाट नगर उपप्रमुख राजु खड्काले प्रस्तुत गर्नुभएको बजेट चालु आर्थिक वर्षको तुलनामा २६ करोड रुपैयाँ बढी हो ।

नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा एक अरब पाँच करोड ६८ लाख ३० हजार रुपैया बजे सार्वजनिक गरेको थियो भने यस वर्ष झण्डै २६ करोड रुपैयाँ बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?