तमानखोला गाउँपालिकाले ल्यायो ३१ करोड बजेट ः शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, स्वरोगारलाई जोड

 

बागलुङको तमानखोला गाउँपालिकाले शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, स्वरोगारलाई जोड दिदै ३१ करोड बजेटसहितको नीती तथा कार्यक्रम सर्वजनिक गरेको छ ।

गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले प्रस्तुत गरेको बजेटमा एक घर एक खानेपानी कार्यक्रमलाई पूर्णता दिइने, बाह्रै महिना सडक सञ्चालनका लागि सडक मापडण्ड तयार पारि सडक विस्तार र स्तरीकरण गरिे, गर्भवतीसँग उपाध्यक्ष भेटघाट कार्यक्रम गरीसुत्केरीलाई प्रोत्साहन मुलक कार्यक्रम अगाडी बढाउने, जनप्रतिनिधि तथा विद्यार्थीलाई क्षमता अभिवृद्धि गराई छुवाछुत तथा भेदभावको अन्त्य गर्नमा जोड दिइएको छ ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तमान गाउँलाई मौलिक गाउँको रुपमा विकास गर्नेमा जोड दिइएको छ ।

 

 

कला संस्कृति, पुरातात्विक पहिचान झल्काउन र ग्रामिण क्षेत्रको पहिचान दिलाउनका लागि तमान गाउँका सबै घरलाई एकै किसिमको रंगले रंग्याएर पहिचानसहितको गाउँ निर्माण गरिने नीति कार्यक्रममा उल्लेख छ ।

 

नीति तथा कार्य जडिवुटि पार्क निर्माण गरीने, ३ वटा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सिपमुलक र आत्मनिर्भरमुखि बनाउने गरी पढ्दै कमाउँदै कार्यक्रम अन्र्तगत कृषि उत्पादन र आर्थिक उर्पाजन मुलक कार्यक्रममा जोड दिइने उल्लेख छ ।

 

एक घर एक खानेपानी कार्यक्रमलाई पूर्णता दिइने, बाह्रै महिना सडक सञ्चालनका लागि सडक मापडण्ड तयार पारि सडक विस्तार र स्तरीकरण गरिे, गर्भवतीसँग उपाध्यक्ष भेटघाट कार्यक्रम गरीसुत्केरीलाई प्रोत्साहन मुलक कार्यक्रम अगाडी बढाउने, जनप्रतिनिधि तथा विद्यार्थीलाई क्षमता अभिवृद्धि गराई छुवाछुत तथा भेदभावको अन्त्य गनमा जोड दिएको छ ।

 

अनाथ असहाय बालबालिकालाई तमानखोला बालगृह सञ्चालन गरी पालन पोषण र माध्यमिक तहसम्म निशुल्क पठनपाठनको व्यवस्था गर्ने, खरको खाना मुक्त गरी अति विपन्न र गरीब परिवारलाई घरवहाल करमा छुट दिने, कृषिलाई आधुनिकीकरण, व्यवसायिक र आत्मनिर्भरमुखि बनाउने, कृषक सम्मान, प्रोत्साहन तथा अनुदानका कार्यक्रमलाई जोड दिइने नीती कार्यक्रममा उल्लेख छ ।

 

 

एक वडा एक सहकारी, एतिहासिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसार गर्ने, न्यायिक समितिलाई जिम्मेवार बनाउने, सबै वडामा वडा कार्यालय भवन निर्माण गरिने, सार्वजनिक संरचना निर्माण गरि अपाङ्गमैत्री, बालमैत्री बनाउने कार्यक्रममा उल्लेख छ ।

 

आन्तरीक तथा बाह्य पर्यटकाई आर्कषित गर्न प्रत्येक वडामा होम स्टे निर्माण गर्ने, केन्द्रीय प्रसारण लाईन जोड्न पहल गर्ने, बुर्तिबाङ–बोङगादोभान सडक कालोपत्रेका लागि संघ र प्रदेशमा पहल गर्ने नीती तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?