गुल्मीमा अत्याधुनिक किरण पुस्तकालय भवन उद्घाटन

 

टोपलाल अर्याल, गुल्मी। गुल्मीको किरण पुस्तकालय भवनको उद्घाटन गरिएको छ । शनिबार पुर्वमन्त्री तथा सांसद गोेकर्ण बिष्टले नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन गर्दै पवित्र संस्थाको काम पवित्र मनले गरिएको बताए । उनले प्रविधीमैत्री पुस्तकालय बनाउन आगामी दिनमा पनि थप रचनात्मक काम गर्ने बताए । ‘आधा शताब्दी बढिको इतिहास बोकेको पुस्ताकालय कुनै स्थानीय तह र जिल्लाको नभएर राष्ट्रको सम्पति हो ।

 

पुर्वाधार बाहेक पुस्तककालयका कैयौ व्यावस्थापकीय काम बाँकी छन,’उनले भने,‘स्थानीय तहहरुले मिलेर पनि काम गर्नुस । ’ उनले आफ्नो बाल्यकालको गुरु तथा किरण पुस्तकालयका संस्थापक शशी पन्थीको सपना पुरा गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भवन निर्माणमा सहयोग गर्ने राष्ट्रि पुर्निमाण प्राधिकरणका पुर्व प्रमुख शुशिल ज्ञवाली, नरप्रसाद श्रेष्ठ, निर्माण व्यावसायीसहितका व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरे ।

करिव तीन करोडको लागत

नेपाल सरकार राष्ट्रिय पुनरनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा करिब करिव ३ करोडमा चार तल्ले अत्याधुनिक भवन निर्माण गरिएको छ । भवन निर्माणको लागि सुनिल समिर बाँसुरी जेभीले दुई करोड ९१ लख ५२ हजार एक सय ७३ रुपैयाँमा निर्माण सम्झौता गरेको थियो ।  अहिले भवन बाहिरबाट अत्याधुनिक र आर्कषक देखिन्छ । तर, दिगो र स्थायी आर्थिक स्रोत नहुँदा पुस्तकालय व्यावस्थापन र उदेश्य अनुसारको काम अगाडी बढाउन निकै चुनौति रहेको किरण पुस्तकालयका संस्थापक शशी पन्थीले बताए । किरण पुस्तकालय निकै पुरानो पुस्तकालय हो ।

 

 

बिस २०२५ सालमा सामान्य स्थानीय एक व्यक्तिको घरमा श्रुर्ती, स्मृति पुराण र कर्मकाण्डका केही पुस्तक पाठ्यपुस्तकहरु संकलन गरी पुस्तकालय संचालन गरिएको थियो । तत्कालिन समयमा स्थानीय स्तरमा आबश्यकता अनुसारका पुस्तकहरु थिएनन् ।  जसका कारण स्वयसेवकहरुलेनै केहि पुस्तक खरिद गरेर पुस्ताकालय सञ्चालन गरे । त्यो बेला बिद्यालय पनि कम र कहि कतै पुस्ताकालय नभएकाले स्थानीहरु मिलेर स्थापना गरेको पुस्ताकालयको महत्व यद्यपी कायम छ । तर, समय अनुसार पुस्तकालयको अत्याधुनिक भवन निर्माण भएको छ ।

करिव १० हजार बढि पुस्तक

संस्थापक पन्थीका अनुसार किरण पुस्तकालयमा अहिले पनि करिव १० हजार बढि पुस्तक छन् । भवन संरचनाको हिसावले पुस्तकालय अहिलेको भवनको एक छेउमा मात्रै साँघुरिएको छ । पहिले जस्तै पुस्तकालय गएर पुस्तक पढ्ने अवस्था छैन् । पुस्तकालयलाई अहिले उपलब्ध पुस्तक व्यावस्थापन गर्न पनि भवन भित्र आवश्यक संरचनाको समस्या छ । भने कार्यालय व्यावस्थापन गर्न जनशक्तिको समेत अभाव उस्तै छ ।

अहिलेको पुस्ता सुहाँउँदो प्रविधीको विकास गरेर पुस्तकालयलाई विकास गर्नुपर्ने आवश्यकता रहेको पन्थीले बताए । किरण पुस्तकालयले जिल्लाको शिक्षा र साहित्यिकको क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेको छ । पुस्ताकालयले स्थापना कालदेखि हाम्रो पुरुषार्थ नामक साहित्यिक पत्रिकाको प्रकाशन गरिरहेको छ ।  भने पुस्तक प्रकाशन, कवि गोष्ठी, जयन्तीहरु मनाउने तथा पुस्तक र पत्रपत्रिका पढ्न पाउने सुविधा दिइरहेको छ ।

 

भौतिक संरचनाले मात्रै पुस्तकालयको उदेश्य पुरा हुँदैन् । त्यसैले किरण पुस्तकालय जस्ता महत्वपूर्ण जिल्लाका शैक्षिक धरोहरहरुको संरक्षण र व्यावस्थापनमा राज्यकै तर्फबाट चासो र पहल हुनुपर्ने सचिव चनक बहादुर कुवंरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?