गुल्मीमा बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

भुवन भुसाल , गुल्मी

गुल्मीमा आफ्नै बुहारीलाई जबरजस्ती गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । धुर्कोट गाँउपालिका वार्ड न. ६ का ३५ बर्षिय पुरुष आफ्नै १९ बर्षकि भाई बुहारीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन । उनले धुर्कोट गा.पा.वडा नं.६ किटेनी स्थित गोठमा जवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार असार १४ गते दिउसो ३ बजे आरोपित जेठाजुले आफ्नै सहोदर भाई बुहारीलाई गोठमा करणी गरेको किटानी पछि पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीले जाहेरी परे लगत्तै प्रहरी टोली खटाई आरोपित लाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पछि थप अनुसन्धान एवं कानुनी प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?