गुल्मीको छत्रकोट गाउँपालिकाले पहिलोपटक सुरु गर्यो विद्युतीय भुक्तानीकाे सुरुवात

अमर पन्थ, बुटवल

गुल्मीको छत्रकोट गाउँपालिकाले विद्युतिय भुक्तानीकाे सुरुवात गरेको छ । गाउँपालिकाले पहिलोपटक विद्युतीय भुक्तानीकाे सुरुवात गरेको हो।गाउँपालिकाले सुरुवात गरेको EFT (Electronic Fund Transfer) मार्फत सेवा दिन सुरु गरेको जानकारी दिएको छ अब सेवा लिने सेवाग्राहीले चेक नसाटिने, चेकमा छाप छुट्ने, चेक च्यातिने, चेक हराउने, चेककाे म्याद सकिने र पुनः चेक जारी गर्नुपर्ने लगायतका समस्याहरु झेल्न नपर्ने गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीका अनुसार विद्युतीय भुक्तानीले गर्दा सेवाग्राही चेक लिन भौतिक रुपमा उपस्थित हुन नपर्ने , समयको बचत समेत हुने र गाउँपालिकाले प्रदान गर्ने सेवामा पारदर्शिता,छिटो, सहज, मितव्ययी र पारदर्शी हुने बताए।

गाउँपालिकाले सेवा प्रवाहमा सुचना प्रविधिकाे प्रयाेग गर्दै विद्युतीय भुक्तानीकाे सुरुवात गरेको र यसले जनतालाई निकै सजिलो बनाएको छत्रकोट गाउँपालिकाका लेखा अधिकृत सन्तोष जिसीले जानकारी दिए ।
गाउँपालिकाबाट सुरुवात भएको विद्युतीय भुक्तानीले गर्दा आम सेवाग्राहीलाई निकै फाइदा पुग्ने गाउँपालिकाले अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?