सेवाग्राहीकाे फाईल पाँच मिनेट बढि नराेक्न नगर प्रमुख पन्थीकाे निर्देशन

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका नगर प्रमुख खिलध्वज पन्थीले सेवाग्राहीकाे कामलाई पाँच मिनेट भन्दा बढि नरोक्न निर्देशन दिएका छन। बढि राेकिने र एउटै कामले पटक पटक नगरपालिका धाउँन सेवाग्राहीलाई झनझटिलाे हुन नदिन नगरपालिका सम्पुर्ण शाखा प्रमुखलाई नगरपालिकाका प्रमुख पन्थीले निर्देशन दिएका छन ।

पन्थीले नगरकाे भाैतिक विकास आर्थिक विकास संगै यहाँका हरेक सुशासनका कुरा हरेक बिषयमा पारदर्शी ढङ्गले अगाडि बढ्न निर्देशन दिएका छन् । सेवाग्राहीका कामलाई झनझटिलाे नहुने गरि सहज तरिकाले पाँच मिनेटमै सकिने गरि अगाडि बढन पन्थीले निर्देशन दिएका हुन ।

पन्थीले कर्मचारीलेलाई निर्देशन दिदै भने “सेवाग्राहीले गुनासो नराख्ने गरि काम गराैं काम गर्न सहज र छरिताे कसरी हुन्छ त्यसलाई पनि अपनत्व हुने गरि” लाग्न निर्देशन दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?