न्यू मोर्डनमा विद्यार्थी कुटेको भन्दै मिडियामा अतिरञ्जित गरियोः प्रिन्सिपल कुवंर

 

बागलुङको बुर्तिबाङमा प्रिन्सिपलको कुटाइबाट एक विद्यार्थी गम्भीर घाइते भन्ने शीर्षकमा असार २३ गते समाचार आयो । खास कुरा के थियो भन्ने अध्ययनविना सामान्य सोधपुछमा दिएको प्रतिक्रियालाई समेत तलमाथि बनाएर मिडियामा समाचार प्रकाशन प्रशारण गरिएको न्यू मोर्डन एकेडेमीका प्रिन्सिपल दिपक कुवँरले बताएका छन् ।

 

प्रिन्सिपल कुवंरका अनुसार यस्तो भएको थियोः

गत असार २२ गते एकेडेमीमा कक्षा ९ मा अध्ययन गर्ने तमानखोला गाउँपालिका वडा नम्बर २ भयरबोङ्गाका १५ वर्षीय विद्यार्थी हिक्मत विकले कक्षा सञ्चालन भइररहेको बेला फ्यानमा सेनेटाइजरको बोतल फ्याकेपछि त्यहाँबाट ठोक्किएर कक्षामा अध्यापन गराइरहेका शिक्षकको निधारमा लाग्यो ।

 

 

फ्यानबाट उछिट्टिएर आएको बोतलले शिक्षक करण कुवँरको निधारमा चोट लाग्न पुग्यो । कक्षा कोठामा पढाउँदै गर्दा विद्यार्थीले गरेको गल्तीका कारण एकाएक कोठामा कोलाहल भयो । शिक्षक स्टाफ कोठा पुगे । त्यहाँ रहेका शिक्षक र प्रिन्सिपलबीच घटनाको विषयमा जानाकारी भयो ।
कक्षा ९ मा पढ्ने विद्यार्थीको हर्कत राम्रो भन्ने कुरा भएन । उनलाई अफिसमा बोलाइयो । कतै नैसियत पाइने हो कि भन्ने भयो वा के भयो ति विद्यार्थी एकाएक त्यहीं कुर्सिमा ढलेको नाटक गरे, भुईमा पल्टिए । त्यसबेला लडदा ठोक्किएर उनलाई सामान्य चोट लागेपछि उनलाई बुर्तिबाङको एक मेडिकलमा सामान्य जाँच गर्दा बच्चाको अवस्था ठिक रहेको देखियो ।

तत्काल अभिभावक बोलाएर भएको घटना बताइयो । सबै अवस्था सामान्य थियो । बच्चाले आइन्दा यस्तो गल्ती नगर्ने भन्दै स्कुलको नियमानुसार विद्यार्थीले आफ्नो गल्ती भएको अभिभावकका बीच छलफलमा स्वीकार गरेका र आउनेदिनमा त्यस्तो काम नगर्ने प्रतिवद्धता सहित स्कुललाई क्षमापत्र लेखेर एकेडेमीमा बुझाए ।

 

 

भोलीपल्ट उक्त कुरालाई बढाएर अतिरञ्जित गरियो । स्वास्थ्य अवस्था चेकजाँच गर्ने भन्दै उनलाई सिटी स्क्यानका लागि पोखरा लगिएको कुरा प्रिन्सिपल कुवँरले बताए ।

विषयले अन्तमा कुटपीट र गम्भीर घाइते भएको, सिकिस्त रहेको भन्दै केही फोटोहरु सहितको समाचार मिडियामा आयो । उक्त समाचारमा मैले निर्घात कुटपिट गरेको भन्ने भ्रामक र घटनाको अतिरञ्जना भएको कुवँरको दावी छ ।

विद्यार्थी आफैले घटाएको घटनाका कारण समस्या रहेको कुरा सामान्य भयो तर घटनालाई विभिन्न कारण अतिरञ्जित गर्नुको पछि एकेडेमी र मेरो बद्नाम कसरी गर्न सकिन्छ भन्ने मनाशयप्रति लक्षित देखिन्छ, प्रिन्सिपलले बताए ।

निर्घात कुटिएका भन्ने विद्यार्थीको अवस्था अहिलेपनि सामान्य रहेको अभिभावकको भनाई छ । टाउँकोमा चोट देखिएपछि सिटिस्क्यान गर्नपर्ने अन्यको रायका कारण पोखरा लगिएको बताइएको छ । तर घटना मिडियामा जे जे अतिरञ्जना गरिएको छ, त्यसो होईन् । आरोप र आक्षपका भरमा तथ्य नबुझी गरिएको कु–प्रचार हो । प्रिन्सिपलले भने, ‘तथ्य जाँच केका आधारमा हुन्छ भन्ने सामान्य विधि समेत प्रयोग नभई म र मेरो संस्था प्रति लक्षित आरोप सहितको समाचार भ्रम मात्र हो । यो भ्रमको खेति प्रति नलाग्न सबैमा अनुरोध गर्दछु । यदि मैले त्यो गल्ती गरेको भए सम्बन्धित निकायले छानविन गरोस्, कानूनी कार्वाही भोग्न तयार छु ।’ उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?