नागरिकको करले स्मृति कोष बने , अक्षयकोष बने , ओझेलमा रहयो जनता प्रा. बि. किटेनी

बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङखानी किटेनी स्थित जनता प्राथमिक बिद्यालय सरकारी अनुदान कुर्दै सामुदायीक भवन हुदैं टहरा मै पठन पाठन गर्न गराउन बाध्य रहेको २ वर्ष भैसकेको छ ।

२०४३ सालमा स्याउले टहरा देखी स्थापना भएको यस बिद्यालयलाई २०७७ साल असार १२ गते राती परेको अबिरल वर्षाले करिब ३४ वसन्त पार गरेको त्यो रात स्मरणिय बनाउन पुग्यो । सायद यस बिद्यालय देखी शिक्षाको बाटोमा दोहोरियका बिद्यार्थीहरुले त्यसदिनको घट्नाले नमिठो चोट सहन पुगेको अनुभव गरे भने स्थानिय नागरिकले बालवालिकाले आधारभुत शिक्षा आर्जनको लागी कहाँ के गर्ने भन्ने चिन्तामा पिरोलिन थाले ।
बिभिन्न संघसंस्था, सरकारी अनुदान लगायत ग्रामिण जनश्रमदानले सुधार भएका बिद्यालयको भौतिक संरचना त्यो रातको वर्षले सबै भताभुङ्ग, लथालिङ्ग हुन पुग्दा करोडौंको नोक्सानी भयोे ।

 

 

यस घट्ना पछि २०७७ साल असार १७ गते बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर छन्त्याल (प्रकाश) को अध्यक्षतामा बैठक बसी तत्काल बिद्यालयको भौतिक सामाग्री संरक्षण गर्ने र बिग्रेको संरचना सुधारको लागी नेपाल सरकारसंग अनुदान सहयोगको लागी प्रक्रिया अगाडी बढाउने निर्णय गरि बिद्यालय नै स्थानान्तर गर्नु पर्ने देखिएकोले स्थानिय सरकार देखि प्रदेश सरकारसम्म सहयोगको लागी प्रक्रिया बढ्यो ।

बिद्यालयको भौतिक अवस्था अत्यन्तै नाजुक र कोभिड १९ को माहामारीको समयमा पठ्नपाठन गराउन बिद्यालयका शिक्षकशिक्षिकाहरुले अत्यन्तै संर्घष गर्नु पर्यो । अनुदान सहयोगको प्रक्रिया अनुसार स्थानिय सरकार जैमिनीनगर पालिकाले तत्काल आपतकालिनको लागी अस्थाई टहरा बनाउन रु. ५ लाख र प्रदेश सामाजिक मन्त्रालय देखि पक्की शौचालय निर्माणको लागी रु. ५ लाख आर्थिक सहयोग भई टहरा र शौचालय निर्माण भयो भने निर्माण र बिद्यालयको भौतिक सामान संरक्षणको लागी स्थानिय नागरिक रातदिन अहोरात्र सहयोगमा जुटिरहे ।

 

टहरामा  पठनपाठन

बिद्यालयले आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ यही सिमित सहयोगमा निर्मित टहरामा बिद्यार्थीहरुलाई पठ्नपाठन गराउन बाध्य रहेको छ । स्थानिय सरकार देखी प्रदेश सरकार र संघिय सरकारसम्म वार्षिक वजेटहरु बिनियोजित हुँदा जनता प्राथमिक बिद्यालय निमार्णको लागी कुनै पनि सहयोग नभएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष छन्त्यालले बताउछन् ।

 

सरकारमा नेतृत्वमा रहेका संघिय सांसद डा. सूर्य पाठक, पूर्व प्रदेश सांसद कृष्ण थापा, प्रदेश सांसद पियारी थापा र पूर्व जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुङगानासंग बिद्यालय निमार्णको लागी हार गुहार गरे पनि कुनै निकायबाट वजेट बिनियोजित नभएको अध्यक्ष छन्त्यालले बताए ।
बिद्यालय निमार्णको लागी अनुदान भन्दा धार्मिक मठमन्दिर, मोटर बाटो, आफ्नो नाममा रहेका अक्षयकोषहरुमा वजेट बिनियोजन गर्ने प्रवृती र नागरिकको कर तिरेको रकमले तलव खादैं आफ्नो स्मृती बनाउन खोजेको आर्थिक वर्ष २०७९/०८० को जैमिनी नगरपालिका र गण्डकी प्रदेशको वजेट बिनियोजनले र्छलङ्ग पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?