झापामा चिया बगानमा एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा मृत फेला

 

झापामा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरी मृत फेला परेका छन्। झापाको केचनाकवल गाउँपालिकामा आज बिहान एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

स्थानीय बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीरूको शव मृत अवस्थामा फेला परेको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले जानकारी दिए।

 

मृत्यु हुनेमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले बताए ।

 

हिजो दिउँसोदेखि हराएका उनीहरू आज बिहान करिब ७.३० बजे झुन्डिएको अवस्थामा फेला परेको डीएसपी पाठकले जानकारी दिए। ती तीनै जना किशोरीहरु चिया बगानका मजदुर रहेको र घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकको भनाई छ ।

 

डिएसपी पाठकका अनुसार दुई जना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेका हुन्। एक जनाले गाई बाँध्ने दाम्लो, अर्कीले प्लाष्टिकको डोरी र अर्कीले गम्छा प्रयोग गरेको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले बताए ।

 

सामूहिक आत्महत्या गर्नुपर्ने कारण भने खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?