बुर्तिबाङबाट बुटवलको लागि छुटेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

बागलुङको बुर्तिवाङबाट बुटवलका लागि छुटेको बस पाल्पामा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाका एसपी जनकबहादुर शाहीले बताए ।

 

लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा परि अन्य १७ जना घाइते भएको प्रहरीले जनाएको छ।

 

 

बस सडकबाट २ सय मिटर तल खसेको छ ,दुर्घटनाको कारण भने खुलेको छैन । घाइतेहरूको तानसेन अस्पतालमा उपचार भइरहेको छ । गाडीमा २२ जना रहेका भनिए पनि पछि बाटोमा पनि मानिस चढेका हुन सक्ने भएकाले यकिन तथ्याङ्क नखुलेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?