पाल्पा बस दुर्घटना अपडेटः मृतक ६ जनाकै सनाखत

पाल्पाको लघुवामा आइतबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत भएको छ ।

 

बाग्लुङको बुर्तिवाङबाट बुटवल जाँदै गरेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा तीन महिला र तीन पुरुष गरी ६ जनाको मृत्यु भएको थियो ।

 

 

मृत्यु हुनेमा गुल्मी चन्द्रकोट–८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट–४ का ४० वर्षीय लालबहादुर राना, रुपन्देही देवदह ७ की दिलकुमारी कामी, कपिलवस्तु वाणगंगा–२ का ४५ वर्षीय यमबहादुर सोमै, नवलपरासी वर्दघाटकी २४ वर्षीया पूर्णिमा कामी र बागलुङ बडिगाडकी ५५ वर्षीया ओमकला थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी विरेन्द्र थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?