अछाममा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

 

अछाममा निरन्तरको वर्षा पछि आएको पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

 

अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका बिष्टका भाइ विरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

पहिरोमा परी नैना विष्ट गम्भीर घाइते भएको घटना स्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी दिनुभयो ।

 

अहिले स्थानीय, जनप्रतिनिधि, प्रहरीको सक्रियता उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप क्षतिको विवरण भने आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?