गुल्मीमा खरबारीमा लगेर बालिका बलात्कार गर्ने ब्यक्ती पक्राउ

गुल्मीमा १२ बर्षिय नावालिका बलात्कार आरोपमा एक ब्यक्ती पक्राउ परेका छन् ।

जिल्लाको इस्मा गाउँपालिका–४ का ३७ बर्षिय भूपाल अधिकारी सोही गाउँपालिका – ६ की १२ बर्षिय बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

निमित्त जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक माधव राज खरेलका अनुसार निजलाई गत असार ३२ गते उक्त नावालिकालाई दोहोली कुबिन्ने स्थित गोरेटो बाटोदेखि तल खरबारीमा जबर्जस्ती करणी गरेको सुचनाको आधारमा पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?