जन्मदिन मनाउने फजुल खर्च मृगौला पीडितलाई सहयोग

आफ्नो जन्मदिनको अबसर पारेर गुल्मीका एक युवाले जन्मदिन मनाउदा गरिने खर्च कटौती गरेर मृगौला पीडितलाई सहयोग गरेका छ्न । गुल्मी जिल्ला रुरुक्षेत्र गाउँपालिका वडा नं ४ बलेचौर निवासी रमेश श्रेष्ठले आफ्नो ४४ औं जन्मदिनको अबसरमा छत्रकोट गाउँपालिका -३ मथुरे श्रीङ्गा गुल्मी निवासी दुबै मिर्गौला फेल भएर टिचिङ्ग हस्पिटल काठमाडौंमा गराईरहेकी ४१ बर्षिय सरस्वती कंडेल लाई सिघ्र स्वास्थ लाभको कामना सहित ५५५५ अक्षेरेपी पाँच हजार पाँच सय पचपन्न रुपया उहाँको श्रीमान् डुकराज कंडेल लाई हस्तान्तरण गर्नु भएको छ ।

केहिदिन पछि उहाँको श्रीमानले आफ्नो मृगौला दिदैहुनुहुदो रहेछ, अप्रेसनका लागि धेरै रकम लाग्ने भएकाले आफुले सानो रकम भएपनी केही सहयोग हुन्छ कि भन्ने लागेर आफुले जन्मदिनमा गर्ने खर्च कटौती गरेर भए नि सहयोग गर्ने मन लाग्यो ।

आफुले गरेको सानो सहयोग र म जस्ता धेरैले गरेको सहयोगले उपचारमा सहयोग हुन्छ र कसैको जीवन बाच्छ भने त्यो नै ठुलो धर्म हो त्यसैले फजुल खर्च घटाएर सहयोग गरेको रमेश श्रेष्ठले बताउनु भो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?