पुर्व वडा अध्यक्ष न्यौपानेको जन्मदिन : बादर नियन्त्रण गर्न नगद ५० हजार, आहा! लाग्ने योजना

 

भुवन भुसाल, साउन १२ गुल्मी

पछिल्लो समय जन्मदिन मनाउने चलनमा परिवर्तन आएको छ । पश्चिमा सस्कृतीले मैनबत्ती निभाउने, केक काट्ने र फजुल खर्च गरेर जन्मदिन मनाउने चलन नेपालका ग्रामीण भागमा पनि व्यापक बनेको छ । हुँदाहुँदै यति सम्म बनेको छ कि कसैले जन्मदिनमा मैनबत्ती फुकेन, केक काटेन र मदिरा सहितको पार्टी गरेन भने जन्मदिन आए जस्तै नहुने अवस्था बनेको छ । यस्तो प्रचलनको भिडमा गुल्मीको छत्रकोट गाउँपालिका वार्ड न ४ दिगामका पुर्व वडा अध्यक्ष डिलाराम न्यौपाने भने जन्मदिनमा नयाँ आईडिया र नगद ५० हजार सहित गाउँ पुगेका छन ।

 

साउन १३ गते शुक्रवार दिगाम बोखरको स्वामीको चौपारिमा स्थानिय २२/२४ जना मानिसहरु भएला भएका थिए । मानिसहरुको बिचमा थिए पुर्व वडा अध्यक्ष “डिलाराम न्यौपाने” । न्यौपानेले भन्दै थिए “आज मेरो जन्मदिन हो , केही नयाँ तरिकाले जन्मदिन मनाउने सोचका साथ यहाँ आएको छु । बाँदरले सार्है दु:ख दियो , सबै मिलेर केही गर्न सकिन्छ कि भन्ने सोच पलायो अनि मैले यहाँ तपाईहरुलाई एक्कैछिन बसौं न भनेको हुँ , बालीनाली पनि स्याहार्न पाईयोस, बाँदर पनि संरक्षण होस त्यस्को निम्ति मेरो तर्फबाट ५० हजार सहयोग गर्दछु ।”

कस्तो हो योजना ?

पुर्व वडा अध्यक्ष न्यौपानेको बादर नियन्त्रणको नयाँ उपाय हो गाउँमा जङ्गलमा परिणत भएको २० रोपनी भन्दा धेरै जग्गालाई बादरका निम्ति छुट्याउने, त्यस्लाई तारजाली गराउने , अनावश्यक बोट काटछाट गरि धेरै फल्ने फलफुलका बिरुवा हुर्काउने र त्यसैभित्र बाँदरको निम्ति उपयुक्त वातावरण बनाई बादरलाई नियन्त्रण गरेर पाल्ने । न्यौपानेले केबल योजना मात्रै सुनाएनन जग्गा वाला संग छलफल गरेर जग्गाको कुरा निम्ट्याएर समिती समेत गठन गराए ।

 

 

हिमलाल भण्डारी र रिषिराम भण्डारी २ भाईले घलाममा रहेको २० रोपनी जग्गा बार्षिक १४ हजार भाडा बुझ्नेगरी समितिलाई दिन तयार भए । नवगठित समितिको अध्यक्षमा गोकर्ण ढकाल, उपाध्यक्ष डिल्लिराज पन्थ, सचीव यम बहादुर नेपाली, कोषाध्यक्ष शान्ता न्यौपाने चयन भएका छन । १५ सदस्यीय समितिले आजै देखि बादर लगायतका बन्यजन्तुबाट किसानका बालिनाली जोगाउन अपनाउनु पर्ने उपायको खोजी गर्ने छ भने सरकारी कार्यालय देखि बिज्ञहरु सङ्ग छलफल समेत गर्ने पुर्व वडा अध्यक्ष एव यस अभियानका अभियन्ता डिलाराम न्यौपानेले बताए ।

पुर्व वडा अध्यक्ष न्यौपाने सो प्रस्ताव लिएर दिगामको घलाम पुग्दा अधिकांस आफ्नो बारिको छेउछाउमा बादर धपाउन व्यस्त देखिन्थे , दिगामभर आर्थिक बर्ष २०७५/०७६ मा आफु वडा अध्यक्ष हुँदा उनै न्यौपानेले आफ्नो निजी खर्चमा दिएका बादर तर्साउने मेसिनको ठूलो आवाज आइरहेको थियो, यस्तो लाग्थ्यो त्यहा बादर आतंक नै छ । सो प्रस्ताव लिएर न्यौपाने पुग्नासाथ एकाएक जम्मा भएको भिडले न्यौपानेलाई जन्मदिनको शुभकामना दिनुका साथै आहा कस्तो राम्रो कुरा बादर मात्रै बाट बालिनाली बचे त आधा समस्या आफै हल हुन्थ्यो भन्दै केही प्रफुल्लीत देखिन्थे ।

अब के होला ?

जन्मदिनको अवसर पारेर सुरुवात गरिएको यहि अभियानले बादरको समस्या समाधान होला य नहोला त्यो समयले बताउला तर आज देखिएको थ्यो दृश्यले किसान संग कोहि त छ है भन्ने स्पष्ट सन्देश दिईरहेको थियो । त्यति मात्रै होइन कार्यकाल सकिएको जनप्रतिनिधिको जनताप्रतिको उत्तरदायी भएको देख्दा आहा भन्न कोहि छुटेनन त्यहाँ भने जनताका समस्या समाधानमा चासो देखाएर पनि त उत्सव मनाउन सकिने रहेछ भन्ने उदाहरण समेत आजको योजना र कार्यक्रमले प्रस्तुत गरेको छ ।

केहिले बाँदर छोपेर निकुञ्ज पठाउने त केहिले बाँदर मार्ने जस्ता गैरकानुनी प्रयासका बारेमा बोलिरहने नेपालको पछिल्लो संदर्भमा गुल्मी छत्रकोट ४ दिगामका पुर्व वडा अध्यक्ष न्यौपानेको योजना दुरदर्शि एवं बहुउपयोगी हुन सक्छ । झट्ट सुन्दा योजना महत्वाकांक्षी भएपनी असंभव पक्कै छैन । सबैले आफ्नो तर्फ बाट केही न केही पहल गरे ग्रामीण भेगका किसानको बादरको समस्या पक्कै समाधान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?