“छत्रकोटमा रातारात काठ तस्करी” , कस्ले काट्यो कसैलाई थाहा छैन

भुवन भुसाल, साउन १५ गुल्मी

गुल्मीको छत्रकोटमा रातारात काठ तस्करी भएको भेटिएको छ । भेडुवा बजार बाट राम मन्दिर जाने बाटोमा पर्ने सामुदायिक जंगलमा केही रुख जरैबाट ढालिएको र केही काटेर  ढालीएको फेला पारिएको हो । छत्रकोट ३ चोयगा देबपुरीमा मध्यरातमा २० भन्दा बढी सल्लाका रुख ढोजर लगाएर ढाली गोलिया तस्करी गरिएको छ ।

 

स्थानीय कृष्ण टन्डनका अनुसार राती डोजर लगाएको स्थानीयले देखेर खबर गरेपछी हेर्न आयौं , आउँदा २०/२२ सल्लाको बोट ढालीएको छ कस्ले रातारात काट्यो कसैलाई थाहा छैन । छत्रदेबी हरियाली सामुदायिक बन उपभोक्ता समितिका सचिब बिष्णु पन्त पनि तस्करीको खबर पाएपछी अनुगमनमा पुगे । अनुगमनमा पुगेका सचीव पन्तका अनुसार बन समिती सङ्ग कसैले सल्लाह गरेको छैन , जङ्गलका केही सल्लाहरुमा अंक पनि लेखिएको छ तर यो सब कस्ले गर्यो समिती र स्थानीयलाई थाहा छैन ।

 

काटिएका सल्लाका अधिकांस गोलिया तस्करले लगेका छन भने केही गोलिया सोही जंगलमा छोडेका छन । रातभर काठ काटेर ट्याक्टरमा लोड गरेर लगेको र काम नसक्दै उज्यालो भएकाले केही काठ रहेको हुनसक्ने स्थानियले अनुमान गरेका छन ।

“काठ तस्करी भएको बारे डिभिजन बन कार्यालयमा खबर पनि गरिएको छ, अब स्थलगत अनुगमन पछि अझै खबर पुर्याउछौं , बन कार्यालयले अगाडि केही गर्ला” समिती सचिव पन्तले भने ।

डिभिजन बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले के रहेछ बुझ्न अधिकृत सहितको टोलि पठाएको र अनुसन्धान पछि दोषीलाई बन ऎन अनुसार मुद्दा  चलाउने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?