गुल्मीमा ट्रक पल्टिदा चालकको मृत्यु

हुमाकान्त पोखरेल
गुल्मी, २२ साउन ः गुल्मीमा आइतबार बिहानै ट्रक पल्टिदा एक चालकको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –१० सिमिचौर काभ्रेस्थित लु १ ख १८६६ नम्बरको ट्रक पल्टिदा चालक गुल्मीदरबार गाउँपालिका –३ का अन्दाजी ३२ बर्षिय रन बहादुर ढेगाको ज्यान गएको हो ।

 

नगरपालिकाकै राङबासबाट सामान छोडेर तम्घास फर्कदै गर्दा आइतबार बिहान ७ बजेको समयमा ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?