एमाले नेता पन्त र सापकोटालाई २९ गते भित्र पार्टिको हिसाब बुझाउन अल्टिमेटम, नत्र युवा संघ घरमै जाने

नेकपा एमालेको युवा संगठन , राष्ट्रिय युवा संघ नेपाल गुल्मी जिल्ला इन्चार्ज मोहन प्रसाद पाण्डेले पार्टिका नि- वर्तमान अध्यक्ष र सचिब संग पार्टीको हिसाबकिताब मागेका छन । सामाजिक संजालमा बिहिवार एकाबिहानै स्टाटस लेख्दै उनले आफ्नो कार्यकालको हिसाबकिताब बुझाउन भनेका हुन ।

नेकपा एमाले गुल्मी जिल्लाका नि- बर्तमान अध्यक्ष मधुकृष्ण पन्त र नि वर्तमान सचिब सोमनाथ सापकोटाको नाम नै किटान गरेर उनले हिसाब किताब सार्वजनिक गर्न र त्यसो नगरे राष्ट्रिय युवा संघ हिसाब खोज्न घरमै आउने आसयको स्टाटस फेसबुकमा राखेका छन । युवा नेता पाण्डेले पार्टीले २९ गते जिल्लामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा आउदा हिसाबकिताब लिएर आउन दिन नै तोकेर भनेका छन ।

फेसबुकमा युवा संघ गुल्मीका इन्चार्ज पाण्डेले यस्तो लेखेका छन “२९ गते हुने नेकपा एमाले काे जिल्ला काे प्रक्षियण कार्यक्रम मा अाउदा भुपु अध्यक्ष मधुकृण्ण पन्थ र सचिब साेमनाथ सापकाेटा ले अाफ्नाे कार्यकाल काे हिसाब किताब गुल्मि जिल्लाका नेकपा एमाले का कार्यकर्ता ले पूरा पाउनु पर्छ नभय युवा संघ हिसाब किताब लिन तपाईहरूकाे घर अाउने छ याे सबै नेकपा एमाले का कार्कर्ता लाई जानकारि दिनकाे लागि सामाजिक सन्जालमा पाेस्ट गरेकाे हाे” ।

 

 

युवा संघकै नेताले सामाजिक संजालबाट हिसाब माग्नुपर्ने भएपछी नेकपा एमाले जिल्ला कमिटिमा मधुकृष्ण पन्तको कार्यकालमा भएका गतिविधि प्रती कार्यकर्ता मात्रै होइन नेता नै बेखुसी छन भन्ने प्रष्ट भएको छ ।

निडर र हक्की स्वभाबका नेता , युवा संघका जिल्ला इन्चार्ज समेत रहेका पाण्डेले उनीहरुको कार्यकालको हिसाब प्रत्येक कार्यकर्ताले पाउनुपर्ने समेत स्टाटसमा लेखेका छन । नेता पाण्डे लामो समय युवा संघको नेतृत्व समालेका नेता हुन । उनी रेसुङ्गा नगरपालिका ७ को वडा अध्यक्ष समेत भएर काम गरिसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?