एमाले सांसदका स्वकीय सचिबले गरे पार्टी परित्यागको घोषणा

भुवन भुसाल, भाद्र ३ काठमाडौ

नेकपा एमालेका सांसद गणेश प्रसाद दुलालका स्वकीय सचिब सुशान्त श्रेष्ठले पार्टी परित्यागको घोषणा गरेका छन । नेकपा एमालेबाट बाग्मती प्रदेश सांसद रहेका गणेश प्रसाद दुलालका स्वकीय सचिब रहेका श्रेष्ठले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएको घोषणा गरेका छन ।

काठमाडौ क्षेत्र न ५ बसुन्धारा स्थायी बासिन्दा रहेका श्रेष्ठले प्रदेश सभाको निर्वाचन पश्चात् सांसद दुलालको सचिवालय सम्हाल्दै आएका थिए । अस्ति मात्रै स्वकीय सचिवको पदबाट राजिनामा दिएका उनले आज पार्टिका सबै पदबाट राजिनामा दिएका हुन । श्रेष्ठ नेकपा एमालेको काठमाडौ महानगर पालिका वडा न ११ को वडा कमिटी उपाध्यक्ष समेत थिए ।

के छ राजिनामामा ?

श्रेष्ठले पार्टी राजनीतिले देशको व्यवस्था परिवर्तन भएपनी जनताको अवस्था परिवर्तन हुन नसकेको र आगामी दिनमा पनि हुन नसक्ने देखेर राजिनामा दिएको उल्लेख गरेका छन । उनले आफू पार्टिको विभिन्न पदमा रहेर काम गर्दा जनताको जिवनस्तर उकास्न छलफल नभएको , एजेन्डामा चर्चा नभएकोले यो बाटोबाट कहिँ नपुगिने भन्दै यसो लेखेका छन “नेपालमा आज सम्मको व्यवस्था परिवर्तनका निम्ति दलगत राजनीतिले केहि त काम गर्यो तर अवस्था परिवर्तनका निम्ति उल्लेख्य छलफल, योजना र काम हुन सकेनन् । सकेनन् मात्रै होइन मेरा आज सम्मका अनुभवले भन्दछ कि यहीँ स्वार्थ समुहको दलदल, नेताका पिछलग्गु हुनेले मात्रै अवसर पाउने र प्राप्त अवसरलाई सधै आफ्नो र आफ्ना वरिपरिका स्वार्थ समुहको पक्षपोषणमा लगाउने यो क्रमले देश कहिल्लै बन्दैन, बन्दैन, बन्दैन” ।

राजिनामा दिदै उनले आफुले कोहि प्रती रीसराग भएर राजिनामा नदिएको समेत बताउदै लेखेका छन “राजिनामा दिदै गर्दा स्पष्ट पार्न चाहान्छु कि मेरो कसैप्रती गुनासा भएर, रिस राग ईष्र्या भएर राजिनामा दिएको होइन , सबैप्रती उस्तै माँया, अझै अगाध प्रेम छ र रहिरहने छ” ।

राजिनामा दिदै उनले आफू कुनै न कुनै हिसाबले फेरि राजनीतिमा आउन सक्ने संकेत समेत दिएका छन । उनले यहीँ चालले देश बन्दै बन्दैन भन्ने थाहा पाएपछी पनि म यसैगरी बसिरहें भने म त बनुँला तर देश के होला भन्ने प्रश्न समेत गरेका छन । उनी अगाडि लेख्छन यी व्यक्ती, यहीँ प्रक्रिया ले फोहोर सफा हुन्न भन्ने जानेपछी सफा गर्न पोखरिमा आफै हाम फाल्नुपर्छ । आफ्ना योजना र सोंचका कुरा बताउन छिट्टै कुनै अर्को पनि मौका आउला” भन्ने वाक्यांश लेख्दै फेरि राजनीतिमा आउने संकेत गरेका हुन । पार्टीबाट राजीनामा दिएर कुनै दल प्रबेशको योजना नरहेको भने उनको बिज्ञप्तीबाट नै प्रष्ट पारेका छन । दलको दलदल सहि नरहेको लेखेका उनले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिन सक्ने उनका निकटस्थहरुले आंकलन गरेका छन ।

जर्मनको याकोब्स युनिभर्सिटीबाट इलेक्ट्रीकल इन्जिनियरिङ र कम्प्युटर साईन्स अध्ययन गरेका उनी जर्मन छाडेर नेपाल आएका हुन । आम जनमानसमा बौद्धिक , इमान्दार, र कृयाशिल युवा नेताको छवि बनाएका श्रेष्ठको राजिनामाले नेकपा एमालेमा मात्रै होइन उनका शुभचिन्तक समेत चकित बनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?