गुल्मीदरबारमा तिज गित मार्फत सामाजिक संदेश

भुवन भुसाल, भदौ ९ गुल्मी

गुल्मीको गुल्मीदरबारमा तिजगित प्रतियोगीता सम्पन्न गरिएको छ । “परम्परा जोगाउँ, बिकृती हटाउँ” भन्ने नारा सहित गाउँपालिकाले आज हरितालिका तिज २०७९ को अवसरमा आयोजना गरेको तिज गित प्रतियोगिता मा सहभागिले गित र नृत्य मार्फत सामाजिक संदेश छरेका छन ।

तिज गीतमा संदेश

१३ टिम सहभागी भएको प्रतियोगितामा सहभागी समुहले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने, फोहोर बाट मोहोर आउने, भान्सामा सुधारिएको चुलो प्रयोग गर्नुपर्ने लगायतका सामाजिक संदेश दिदै महिला हिंसा अन्त्य हुनुपर्ने, महंगी नियन्त्रण हुनुपर्ने लगायतका सुझाब समेत दिएका छन ।

प्रस्तुति राख्दै विभिन्न समुहले श्रम शोषणको अन्त्य हुनुपर्ने, नारी शिक्षित हुनुपर्ने, मौलिक सस्कृती बचाउनु पर्ने, बिकृती बिसंगतिलाई डाँडा कटाउनुपर्ने लगायतका कुरालाई गितको रुपमा प्रस्तुत गरेका छन । “अरु देशका नारी कहाँ पुगे , हाम्रो देशका चुलो चौकोमा सिमित बरिलै” भन्दै उनिहरुले महिला हक अधिकार र समानताका आवाज समेत गित मार्फत बुलन्द पारेका छन ।

“हे बिदेश गई , दुख पाई फर्की आउनु भन्दा त आफ्नै देशमा व्यवसाय गर्नु आनन्द” भन्दै तिजका गित मार्फत देशमै स्वाबलम्बी बन्न युवाहरुलाई आग्रह गरेका छन ।

बुधबार सम्पन्न प्रतियोगितामा राधा कृष्ण महिला समूह गुल्मीदरबार ७ ठुलापोखरा प्रथम हुँदै नगद १५ हजार हात पारेको छ भने जनजागृती महिला समूह गुल्मीदरबार १ नेटा दोश्रो हुँदै १२ हजार हात पारेको छ । कार्यक्रममा तृतिय स्थान हासिल गर्दै राजा रुन्खा माबी गुल्मीदरबार १ राजाले नगद ९ हजार प्राप्त गरेको छ भने जनकल्याण आमा समूह उर्लाकोटले सान्त्वना हुँदै नगद ५ हजारमा चित्त बुझाएको छ ।

कार्यक्रम पालिका उपाध्यक्ष तारा थापा ढेंगाको अध्यक्षता , पालिका अध्यक्ष सरोज कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे , सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्थानिय क्लब आमासमुह, शिक्षक बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?