हात–खुट्टा बाँधिएको एक अबोध बालक, नेताले भोट मागे चोट हेरेनन्

फोटो ः उपचार अभावमा बाँधिएर नारकीय जीवन जीउँदै सत्यवति गाउँपालिका वडा नं ५ हँसराका ११ बर्षीय बालक राजु बुढाथोकी ।

उपचार अभावमा नारकीय जीवन कटाउँदै

टोपलाल अर्याल गुल्मी, १२ साउन ।

कच्ची घरको बलेनीमा एउटा अबोध बालक हात–खुट्टा बाँधिएर झुण्डिएको दशक पुग्न थाले । जसका बिद्यालयमा पुगेर भविष्य कार्नेे हातहरु, खेल्ने र सांसर दौड्ने खुट्टा करिव एक दशकदेखि बाँधिएका छन् । बाल्यकालमा खुसी भरिने ओठहरु टोएिर निला भएका छन् । भाग्य थाप्ने निधार र कर्म बोक्ने टाउकोमा चोट नभएको ठाउँ छैन् । बालकले परिवारको आँखा छल्न पाए टाउको भुँईमा ठोकेर रगताम्य बनाउँछन् । चिर्थोर्ने र कोपारेर शरिर छोप्दा थापा नपाउने भएको छ । यो समस्या बालकले सात÷आठ बर्षदेखि झेलिरहेका छन् । उनले घर नजिक बिद्यालय भएपनि अहिलेसम्म टेकेका छैनन् । उनी हिडडुल पनि गर्छन् । पुरै होसमा छैनन् । अरुलाई खासै केहि गर्दैनन । तर, आफैले आफैलाई निकै चोट दिइरहेका छन् ।

बालक सत्यवति गाउँपालिका ५ हँसराका ११ बर्षीय रामु बुढाथोकी हुन् । उनी कमल बुढाथोकीका जेठा छोरा हुन् । उनी जन्मिने बित्तकै स्वस्थ थिएनन् । रामुले उमेर बढ्दै जाँदा अरु बालबालिकाले भन्दा फरक चरित्र देखाउन थाले । बुबा कमल बुढाथोकी भारतमा १७ बर्षदेखि काम गर्थे । घरमा श्रीमती देउकुमारीले छोरा समाल्न नसकेपछि कमल गाउँ फर्के । बुटवलको आम्दा, नेपालगञ्ज हुँदै भारतसम्म पुराएर उपचारको प्रयास निकै गरे । बुढाथोकीले भारतमा जागीर राम्रो भएकाले सक्नेसम्मको उपचार पनि गरे । तर, छोरालाई बीसकोउन्नीस भएन । जागीर पनि छोडे छोराको उपचार पनि भएन् । जसका कारण अहिले लामो समयदेखि गाउँमै छन् ।

मुटु गाँठो पारेर पिट्छु

११ बर्षीय रामुलाई अचेल बाँधिने बानी परेको छ । आफैले परिवारका सदस्यहरुलाई बाँध्न भन्छन् । बुबा कमलका अनुसार बेलाबखतमा निकैबेर मात्तिने र अत्तालिने समस्या रहेको छ । त्यो बेला आमाले समेत अड्याउन नसकिने भएकाले मन गाँठो पारेर पिट्नुपर्ने बाध्यता रहेको बुढाथोकीले बताए । ‘कहिलेकाँही धेरै बेर उफ्रने, कराउने र टाउको ठोक्ने लगायतका समस्या हुँदा मैले बाहेक कसैले समाल्न सक्दैनन् । लौरो देखाउने र कहिलेकाँही पिट्नुपनि पर्छ,’उनले भने,‘बाध्यताले आफ्नै सन्तान पिट्दा मुटु छियाछिया बन्छ ।’ जमिनमा टाउको बढि ठोक्ने भएकाले झोलुङ्गो बनाएर माथि राखिएको बुढाथोकीले बताए । रामुको लागि घरमा एक जना बस्नुनै पर्ने बाध्यता बुढाथोकी परिवारलाई छ । रातमा कहिलेकाँही बाहेक निदाउन मुस्किल पर्छ ।

अर्कैको ओत ः छैन आयश्रोत

कमल र देउकुमारी बुढाथोकी दम्पती स्थानीय टेकराम ढकालको हँसरा स्थित खोलाखेतको कच्ची घरमा बस्दै आएका छन् । चार बर्षदेखि कमल दम्पती ढकालको घरमा बस्छन्, खेतबारीको काम गर्छन् । उनीहरुको हँसरा पम्फुका लेकमा बाँदर लाग्ने बारी छ । अप्ठ्यारो र काम गरेर खाने अरु माध्यम नभएकाले पेट पाल्नकै लागि बेसी झरेको बुढाथोकीले बताए । ‘अर्कैको ओत र खन्जोतबाट ज्यान पाल्ने मान्छेसंग छोराको ठुलो खर्चो गर्ने उपति भएन । ११ बर्षीय बिरामी र ५ बर्षको सानो छोरा छोडेर बुढाबुढीनै मेलापात जानपनि सकिदैन,’बुढाथोकीले गुनासो गरे,‘किन सत्रु हसाँउने भनेर गुपचुप बसिरहेँ ।’

नेताले भोट चोट हेरेनन

कमलका छोरा बिरामी भएका एक दश भए । यो बिचमा दुई स्थानीय तह र एक पटक प्रदेश तथा संघको निर्वाचन भयो । हुलकाहुल जाँदा बुढाथोकीको पिढीँमा बिक्षिप्त बनेर पल्टिएको छोरा नेदेख्ने सायद कोहि नेता भएनन् । तर, नेताले कठै भनेर बाँडेका झुटा आश्वासनले भोट त पाए । तर, बुढाथोकी परिवारले केहि पाएनन् । अहिलेको स्थानीय तहको निर्वाचनमा त आफुले कसैलाई केहि नभनेको कमलले गुनासो गरे । ‘मेरो पीडा मनैमा छ । त्यो भन्दा ठुलो पीडा छोरा आफैले भोगिह्यो,’उनले भने,‘कर्मनै त्यस्तै भएपछि अरुको के आश ।’ सत्यवति गाउँपालिका प्रमुख टीकाराम पाण्डेयले पालिकाले स्वास्थ्य बिमा गर्दिने र काठमाण्डौसम्मको भाडा दिने र उपचार भए खर्च पनि बिलको आधारमा गाउँपालिकाले बुझाउने गरेर योजना बनाइएको बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?