प्रदिप ज्ञवाली गुल्मी १ मा एमालेबाट सर्वसम्मत उम्मेदवार छनोट

फाइल फोटो

भुवन भुसाल, भाद्र १९ गुल्मी

नेकपा एमालेले गुल्मी संघीय निर्वाचन क्षेत्र न १ बाट प्रदिप कुमार ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रिय उपमहासचिव समेत रहेका नेता ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय सर्वसम्मतीमा भएको हो ।

 

आज गुल्मीको रिडिमा सम्पन्न नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले नेता ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले छत्रकोटका सचीव यज्ञ पाण्डेले जानकारी दिनुभयो । बैठक बसिरहेको र प्रदेश उम्मेदवारको बिषयमा छलफल भैरहेको सचिव पाण्डेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?