रुरुक्षेत्रमा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान

 

टोपलाल अर्याल, गुल्मी, २४ भदौ

रुरुक्षेत्र गाउँपालिकाको आयोजना तथा भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रको प्राविधिक सहयोगमा कुकुर बन्ध्याकरण अभियान सुरु भएको छ । गाउँपालिकाले सामुदायीक कुकुर व्यवस्थापन गर्ने उदेश्यले वन्ध्याकरण मार्फत नियन्त्रण गर्ने अभियान थालेको हो ।

पोथी जातका कुकुरको बन्ध्याकरणबाट सामुदायीक कुकुरहरूको संख्या नियन्त्रण र रेबिज तथा अन्य जुनोटिक रोगहरूको प्रकोपको रोकथाम पनि हुने अभियानको उदेश्य रहेको छ । साथै सडक दुर्घटना कम हुने र कुकुरहरूको स्तन क्यान्सरमा न्यूनिकरण हुने उपेक्षा गरिएको भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रका प्रमुख डाक्टर भरत काफ्लेले बताए ।

शल्यक्रियाद्वारा कुकुरहरूको स्थायी रुपमा बन्ध्याकरण गर्न थालिएको छ । संगिनी सुई लगायर अस्थायी बन्ध्याकरण गर्दा पाठेघर सुन्निने तथा पाठेघरमा पिप रहने संभावना रहेको हुन्छ । स्थायी बन्ध्याकरणले पाठेघरको क्यान्सरबाट पनि कुकुरलाई बचाउन सकिने भएकाले कुकुर स्वस्थ तथा आयु पनि लम्बिने काफ्लेले बताए ।

अहिले कम्तिमा ५० वटा कुकुरको बन्ध्याकारण गरिने कार्यालयले जनाएको छ । भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रका प्रमुख डा भरत काफ्लेको नेतृत्वमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, तथा पशु सेवा शाखाका प्राविधिक जनशक्तिहरुले कुकुरको बन्ध्याकरण गरिरहेका छन् ।

रुरु क्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले कुकुर समुहमा अत्यधिक धेरै हुने, कृषकका घर–घर गएर साना पशुचौपाय आक्रमण गर्ने र मान्छेलाई पनि टोक्ने अवस्था आएपछि नियन्त्रण अभियान थालिएको बताए । रुरु क्षेत्र गाउँपालिकामा बजारक्षेत्रदेखि गाउँसम्म कुकुर आतंक रहेको छ । कैयौ किसानका पशुचौपाय आक्रमण गरेर हैरान पुराएपछि स्थानीलयले नियन्त्रणको लागि दवाद सृजना गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?