काठमाण्डौ ५ मा घरदैलो अभियानलाई तिब्र पार्दै स्वतन्त्र उमेदवार सुशान्त श्रेष्ठ

भुवन भुसाल, भाद्र २८ काठमाण्डौ ।
काठमाण्डौ क्षेत्र नं ५ बाट स्वतन्त्र उमेदवारी घोषणा गरेका सुशान्त श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियानलाई तिब्र बनाएका छन् । जर्मनीको याकोब्स युनिभर्सिटी बाट इलेक्ट्रिकल र कम्पुटर ईन्जिनियरिङ्ग पुरा गरेका श्रेष्ठले केहि महिना अघि मात्रै नेकपा एमालेको सबै पदबाट राजिनामा दिएर स्वतन्त्र उमेदवारी घोषणा गरेका हुन ।

उमेदवारी घोषणा गरेकै दिनदेखि काठमाण्डौ क्षेत्र नं ५ का बिभिन्न ठाँउका जनताको घरदैलोमा ब्यस्त बनेका छन् । बिहान सबेरै देखि बेलुका अबेर सम्म जनताका घरघरमा समस्या सुन्न र समाधानका उपाय खोज्दै बिज्ञहरुसंग अन्तरकृयामा ब्यस्त हुने उनको दैनिकी बनेको छ । काठमाण्डौका बिभिन्न बिद्यालय,अस्पताल,मठमन्दिर, समेत पुगेर समस्या बुझ्दै हिडेका श्रेष्ठलाई स्थानियले त्यहाँका समस्या खुलेर बताउने गरेका छन् ।

पुराना र मुख्य भनिने राजनैतिक दलहरु जनताका समस्या सुन्ने र समाधानमा कृयाशिल हुने भन्दा ब्यक्तिगत स्वार्थ पुर्ति र स्वार्थ समुहको दलदलमा फस्ने गरेकाले यो तरिकाले देशमा अपेक्षित परिवर्तन नहुने देखेर आफै स्वतन्त्र रुपमा मैदानमा आएको श्रेष्ठ बताउछन् । आफु भुँईमान्छेको समस्या समाधानका निम्ती मैदानमा उत्रेको वताउने उनले आफ्नो घोषणापत्रमा स्वास्थ्य,शिक्षा,रोजगारी,काठमाण्डौको पुरानो सम्पदाको संरक्षण, मठमन्दिरको परम्परा बचाई पुनः निर्माण एवं पर्यटन प्रर्वद्दनका निम्ती प्रचार प्रसारलाई मूख्य एजेण्डा बनाएका छन् ।

आफु यहिँ माटोमा जन्मिएकाले यहाँका प्रत्येक समस्याको बारेमा जानकार रहेको र के गर्यो भने यहाँका तत्कालिन समस्या समाधान हुन्छन् भन्ने राम्रो संग जानकार रहेकैले पनि आफुलाई यहाँका आम मतदाताले सहजै मतदान गर्ने बताउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?