छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पोखरेल सम्मानित

अमर पन्थ , बुटवल

गुल्मी।संबिधान दिवसको अवसरमा पारी गुल्मीको छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेल सम्मानित
भएका छन् ।नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ बाट पोखरेल सम्मानित भएका हुन् ।

स्वास्थ्य शाखा प्रमुख पोखरेलले छत्रकोट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गरेका उनी जनतामाझ लोकप्रिय छन ।कार्यसम्पादनमा अब्बल उनी सरल स्वभाव बोलीमा मिठास कर्मचारी प्रतिको नरम व्यवहार लगायत कारणले यस क्षेत्रमा लोकप्रियता कमाएका छन् । उनको सोही कार्यकुशलता, भुमिका र योगदानको उच्च मूल्यांकन गर्दै उनलाई नेपाल सरकारले सम्मान गरेको हो ।

आज संविधान दिवसको मुख्य दिन देशै भर विविध कार्यक्रमहरुको आयोजना गरि संविधान दिव मनाईएको छ। संविधान २०७२ जारी भएको आज ७वर्ष पूरा भई ८ वर्षमा प्रवेश गरेको छ। सरकारले हिजो ,आज र भोलि गरि ३ दिन सम्म विधिवत रुपमा संविधान दिवस मनाउन आग्रह गरिएको छ। जस अनुसार आज सरकारले सार्वजनिक विदा समेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?