काठमाडौ ५ मा रमेश खरेलको समर्थन सुशान्त श्रेष्ठलाई

 

रमेश खरेल समेत रहेको स्वतन्त्र राजनैतिक शक्ति नेपालले काठमाडौ क्षेत्र न ५ मा ईन्जिनियर सुशान्त श्रेष्ठलाई सहयोग गर्ने भएको छ । आज काठमाडौको बसुन्धारामा एक कार्यक्रमको आयोजना गर्दै नेपाल सुसासन पार्टिका अध्यक्ष समेत रहेका पुर्व प्रहरी अधिकारी खरेलले सो घोषणा गरेका हुन ।

 

 

कार्यक्रममा बोल्दै खरेलले आगामी निर्वाचन नागरिकले सहि स्थानमा मत खसाले महाउत्सव र गलत स्थानमा मत खसाले महामारी सृजना हुने भन्दै सक्षम युवाहरुलाई मतदान गर्न आव्हान समेत गरे । काठमाडौ क्षेत्र न ५ मा स्वतन्त्र राजनैतिक शक्ति नेपालले राजनीति बिज्ञ अभिनन्दन मिश्रलाई उम्मेदवार बनाएको थियो ।

 

 

कार्यक्रम लाई सम्बोधन गर्दै मिश्रले काठमाडौ क्षेत्र न ५ मा धेरै स्वतन्त्र उम्मेदवार भएकाले कतै फेरि दलकै नेताले जित्ने स्थिती त बन्दैन भन्ने शंका निवारण गर्न आफुले त्याग गर्दै ईन्जिनियर श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा समेत गरेका छन । उम्मेदवार मिश्रले भने ूकोहि पछाडी हट्न नचाहाने, सबैले मैं हुँ भन्दा फेरि पुरानै पुनरावृत्ति हुन सक्ने भन्दै स्वतन्त्र उम्मेदवार जिताउन आफुले त्याग गरेको हुँ अरु स्वतन्त्र उम्मेदवारलाई पनि एकपटक गम्भीर भएर सोच्न आग्रह गर्दछुू ।

 

 

काठमाडौ क्षेत्र न ५ का प्रभावशाली स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठले स्वतन्त्र राजनैतिक शक्ति नेपाल एवं उम्मेदवार अभिनन्दन मिश्रलाई धन्यवाद दिदै यो बिश्वास गुम्न नदिने प्रतिबद्धता व्यक्त गरे । जर्मनबाट इलेक्ट्रोनिक्स इन्जिनियरिङ र कम्युटर साईन्स अध्ययन गरेर फर्केका ईन्जिनियर श्रेष्ठ घण्टाघर चुनाब चिन्ह लिएर चुनाबी मैदानमा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?