सि क्वालिफायर भोलि छोर्गान र बिन्दुकेशर भिड्दै

 

भोलि एन्फा कम्प्लेक्समा हुने सि क्वालिफायर लिगमा छोर्गान फुटबल क्लब र बिन्दुकेशर युथक्लब बिच प्रतिस्पर्धा हुने भएको छ । बिहान ९ बजेदेखि प्रतियोगिता सुरु हुने आयोजकले बताएको छ ।

 

यो प्रतियोगितामा प्रथम हुने टिम सि क्वालिफायर बाट सि टिममा प्रबेश गर्ने छ । भोलि हुने प्रतियोगितामा गत बर्षको बिजेता टोलि छोर्गान पुरानै स्थिती दोहोर्याउने मनस्थितिमा छ ।

 

छोर्गानबाट बिध्यासागर लामाको कप्तानिमा दाप्साङ्ग दोर्जे, मनोज कार्की, अनुप मगर  (मामा) राजन बोहोरा, प्रीन्स ब्यन्जनकार, बिवस खड्का, युवराज श्रेष्ठ, रोसन मगर, नवराज घलान, बिवेक खड्का, अमित मगर, राजकुमार तामाङ्ग, रमेश श्रेष्ठ, प्रदिप सापकोटा, राजन गोले, अबिन श्रेष्ठ, मीन बहादुर श्रेष्ठ खेल्दै छन ।

 

ूहामी जित्ने तयारीमा छौू छोर्गानका अध्यक्ष च्याङ्वा मोक्तानले भने । छोर्गान क्लबका उपाध्यक्ष बुद्ध मुक्तानका अनुसार खेल आफ्नै पक्षमा ल्याउन खेलाडिहरु तयार छन ।
बलिया दुबै समुहको खेल रोचक हुने आयोजकको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?