क्रिकेटर सन्दिपलाई पुर्पक्षका लागी कारागार पठाउन आदेश

नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने वरिुद्ध पुर्पक्षका लागी कारागार चलान गर्न काठमाण्डौ जिल्ला अदालतले आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घीमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दिपक दाहालले जानकारी दिनुभयो ।

 

 

दुवै पक्षको बहस सकिएसँगै अदालतले सन्दिपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गर्नुभएको थियो ।

सन्दिपविरुद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते जाहेरी दिएकी थिइन् । लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?