श्रीलंकियन क्रिकेटर दानुष्का बलात्कारको आरोपमा पक्राउ

श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार विश्वकप खेल्न अष्ट्रेलिया पुगेका दानुष्का सिड्नीको एक होटलमा २९ वर्षीया महिलासँगै प्रहरीले पक्राउ गरेको हो ।

 

दानुष्कालाई प्रहरीले सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टस्थित टोली रहेको होटलबाटै स्थानीय समय अनुसार आइतबार दिउँसो १ बजे पक्राउ गरेको हो।

 

महिलाको उजुरी पछि थप छानबिन गर्न ३१ बर्षिय दानुस्कालाई नियन्त्रणमा लिएर सिड्नी सिटी प्रहरी परिसरमा राखिएको छ।
ती महिलाले आफ्नो सहमति बिना चार पटकसम्म बलात्कार गरेको आरोप लगाएकी छन्।

 

प्रहरीले जमानत दिन अस्वीकार गरेपछि श्रीलंकाका खेलाडीहरूले दानुष्कालाई सिड्नीमै छाडेर हिँडेको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?