चर्चित गायक प्रकाश दूतराजले अष्ट्रेलियामा गरे आत्महत्याको प्रयास

 

अहिले निकै चर्चामा रहेका गायक प्रकाश दूतराजले आत्महत्याको प्रयास गरेको खबर बाहिरिएको छ । सांगीतिक कार्यक्रमको शिलशिलामा अष्ट्रेलिया गएका उनले अष्ट्रेलियाको स्थानीय समयअनुसार हिजो राति २ बजे झुण्डिने प्रयास गरेको नेपाल प्रेसले जनाएको छ ।

 

 

उनी गायिका भूमिका गिरीसहित कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया उडेका थिए । त्यहाँ दुवैलाई बस्नका लागि आयोजक कमिटीले एउटा फ्ल्याट उपलब्ध गराएको थियो । सोही फ्ल्याटको आफू सुत्ने कोठामा दूतराजले झुण्डिने प्रयास गरेको बताइएको छ ।

 

 

 

 

उनको कोठाका ढोका खुल्लै रहेकोले दूतराजले झुण्डिने प्रयास गरेको देखेपछि गायिका भूमिकाले कोठामा प्रवेश गरेर उद्दार गरेको बताइएको छ । उनको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको जानकारी प्राप्त भएको छ । आत्महत्याको प्रयास गर्नुको कारण खुलेको छैन । उनका देउरालिमा कुरी बसे , ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, रोइला गरम्ला चोली मैलै भो’, ‘रेलिमाई’ लगायतका थुप्रै गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?