प्रकाश दुतराजको बिषयमा बोलिन संगै रहेकी भुमिका

हालसालै कलाकार प्रकाश दुतराजको समाचार बाहिरिएपछी अस्ट्रेलियामा संगै रहेकी कलाकार भुमिका गिरिले बोलेकी छिन । बाहिर आएजस्तो केही नभएको भन्दै उनले फेसबुक स्टाटस लेखेकी छन ।

 

 

उनी लेख्छिन “केहि समय अघि देखि तिव्र रुपमा प्रकाशनमा आएका न्युजहरुको हेडलाईन हरु हेरे अनि पढे ।
सामान्य कुरा थियो । तर जसरी खबरहरुको माध्यम बाट जुन कुराहरु फैलाईएको छ,ति वास्तविक होईनन् ।
यस खालका समाचारहरु कै कारण स्वयं प्रकाश दुतराज भाई, परिवार, साथि(भाई, आफन्त अनि माया गर्नु हुने दर्शक स्रोताहरु मा नकारात्मक प्रभाव पर्न सक्छ ।प्रकाश भाई, अर्गनाइजर टिम ,म हामी सबै सँगै अष्ट्रेलियाको विभिन्न शहरहरुमा हुँदै गरेको कार्यक्रमहरुको तयारी गरिरहेका छौं ।
मलाई धेरै फोन म्यासेजहरु आएको कारण हजुरहरु सबै सबैलाई जानकारी गराउँदै छु धन्यवाद ।”

 

 

 

केही समय देखि अस्ट्रेलियामा प्रकाश र भुमिका कार्यक्रमका निम्ति संगै छन । समाचारमा प्रकाशलाई आत्महत्याको प्रयास गर्दा गर्दै भुमिकाले बचाएको बताईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?