युवा उद्यमशिलता मेरो मुख्य उद्देश्यः नेता धनेन्द्र कार्की

 

भुवन भुसाल, बुटवल

नेपाली कांग्रेसका नेता धनेन्द्र कार्किले युवाहरुलाई उद्यमशिलता संग जोड्नु आफ्नो मुख्य ध्यय रहेको बताएका छन । बुटवलमा आयोजित लोकतान्त्रिक बाम गठबन्धनको एक कार्यक्रमलाई संबोधन गर्दै गुल्मी क्षेत्र न १ प्रदेश ूखू का उम्मेदवार कार्किले उद्यमशिलतामा युवालाई जोड्न सकिएन भने गाउँ अझै रित्तिने भन्दै चिन्ता व्यक्त गरे ।

 

 

 

कार्किले ग्रामिण क्षेत्र अहिले रित्तिदै गएको भन्दै अहिलेको मुख्य समस्या बसाइँसराइ रहेको भन्दै गुल्मीमा गुणस्तरिय शिक्षा र सर्वसुलभ स्वास्थ्यको व्यवस्था नहुन्जेल यो समस्याको अन्त्य नहुने समेत बताए ।  आज म यो कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्छु युवा उद्यमशिलता मार्फत साना, मझौला र ठुला उद्योग, कृषि उत्पादनमा वृद्धि र बजारीकरण, स्वास्थ्य र शिक्षालाई मुख्य मन्त्र बनाउछु र काम गर्छुू ।

 

 

युवालाई सरकारले सामान्य उर्जा थप्दै सिड मनिको व्यवस्था गर्ने, र उत्पादित सामाग्रीको बजारिकरणको व्यवस्था गर्ने हो भने युवालाई गाउँमै रोक्न सकिने समेत उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?