मतदाताको सिर उठ्ने गरि काम गर्ने प्रण गर्छौः पुर्व मन्त्री बराल

भुवन भुसाल, बुटवल

लुम्बिनी प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री सुदर्शन बरालले मतदाताले मत दिएपछी गर्व गर्न लायक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । आज बुटवलमा आयोजित एक कार्यक्रममा नेता बरालले यस्तो बताएका हुन ।

 

 

बाम लोकतान्त्रिक संयुक्त गठबन्धनको उम्मेदवार परिचय तथा भेटघाट कार्यक्रममा बोल्दै नेता बरालले भने हामिलाई मतदान गर्ने कुनैपनी मतदाताले धिक्कार्ने काम गर्ने छैनौं, यी हाम्रा जनप्रतिनिधि हुन भन्दा गौरब गर्नेगरी काम गर्न हामी प्रतिबद्धता व्यक्त गर्दछौं।

 

 

गुल्मी क्षेत्र न १ प्रदेश क बाट प्रदेशसभा सदस्य पदका प्रत्यासी एवं नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष बरालले गुल्मी जिल्लाको स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि क्षेत्रको बिकास आफ्नो र गठबन्धनको मुख्य उद्देश्य रहेको समेत बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?